२३ असार २०८३, मंगलबार

अर्बपतिले गरे चार हजार महिलासँग सम्बन्ध राखेको दाबी, पत्नीले विष दिएर मारिन्

बैशाख १८, २०७८
अर्बपतिले गरे चार हजार महिलासँग सम्बन्ध राखेको दाबी, पत्नीले विष दिएर मारिन्

जापानका अर्बपति व्यापारी कोसुके नोजाकीकी पत्नी साकी सुडोलाई प्रहरीले पक्राउ गरेको छ । 

ती ७७ वर्षीय व्यापारीसँग विवाह गरेको तीन महिनामै २५ वर्षीया महिलाले हत्या गरेकी थिइन् । 
 

नोजाकीको घरजग्गा तथा रक्सीको कारोबार थियो । उनको मृत्यु तीन वर्षअघि भएको थियो । पोस्टमोर्टम गर्दा उनको शरीरमा खतरनाक ड्रग्स फेला पारेको थियो । 

सन् २०१६ मा उनको आत्मकथा प्रकाशित भएको थियो । त्यसमा उनले चार हजार महिलासँग सम्बन्ध राखेको लेखेका थिए । ती महिलालाई लाखौं रुपैयाँ दिएको उनको भनाइ छ । 
 

नोजाकालाई वाकायामामा रहेको घरमा मृत अवस्थामा फेला पारिएको थियो । प्रहरीले अनुुसन्धान गरेर यो आत्महत्या नभएको र विष दिइएको निष्कर्ष निकालेको छ । 

पत्नी सुडोले इन्टरनेटमा विषको अनुसन्धान गरेको र पतिलाई विष खुवाएको प्रहरीको भनाइ छ । 
 

सुडोले पतिको हत्या किन गरेकी हुन् भन्ने थाहा हुन सकेको थिएन । तर नोजाकीले आफ्नो इच्छापत्रमा १.३ अर्ब युआन शहरको विकासका लागि दान गर्न चाहेको उल्लेख भएकाले त्यही सम्पत्तिको लोभमा सुडोले हत्या गरेको हुनसक्ने आशंका थियो । 

अहिले आएर सुडोले हत्या सकारेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्