
भारतको महाराष्ट्रमा रहेको अमरावतीस्थित परतवाडा वन विभाग कार्यालयमा बुधवार दिउँसो एक महिला कर्मचारी रक्सीले चुर भएर हंगामा गरेकी छन् ।
महिलालाई नियन्त्रणमा लिनका लागि प्रहरी बोलाउनुपरेको थियो । घटनास्थलमा पुगेका महिला प्रहरीलाई उनले थप्पड हानेकी थिइन् । त्यसपछि उनलाई घिसारेर कार्यालयबाट निकालिएको थियो ।
ती महिला वन विभागको लेखा शाखामा काम गर्थिन् । पहिले नै रक्सी पिएर आएकी महिलाले अफिसमा आउनेबित्तिकै हंगामा गरेकी थिइन् । उनले सहकर्मीहरूलाई गालीगलौज पनि गरिन् ।
उनले महिला प्रहरीलाई थप्पड हानेपछि सरकारी कर्मचारीमाथि आक्रमण गरेको मुद्दा दायर गरिएको छ । ती महिलालाई हिरासतमा लिइएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :