०९ साउन २०८३, शनिबार

कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न जनमोर्चाको ह्वीप

बैशाख २७, २०७८
कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न जनमोर्चाको ह्वीप

राष्ट्रिय जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न आफ्नो पार्टीका सदस्यलाई ह्वीप जारी गरेकी छन् ।

उनले सोमबार ह्वीप जारी गर्दै नेपाली काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र समाजवादी पार्टीका गरी ३१ सदस्यको मुख्यमन्त्रीका लागि पोखरेललाई  समर्थन रहेको हुँदा सोको लागि प्रदेश प्रमुख समक्ष सरकार ठन प्रस्तुत गर्ने दाबी पत्रमा अनिवार्य रुपमा संसदीय दलका सदस्यहरुले हस्ताक्षर गर्न ह्वीप जारी गरेकी हुन् । 

सचेतक थापा नयाँ सरकार गठनका लागि लागिपर्दा संसदीय दलका नेता कृष्ण थापा र खिमविक्रम शाही अहिलेकै सरकारलाई सघाउन लचिलो देखिँदै आएका छन् । 

गण्डकीमा नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ । 

गत वैशाख २ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मौखिक सहमति जनाएको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्