२१ असार २०८३, आइतबार

के मानिसमा मानवता हराएकै हो त ? (कविता)

बैशाख ३१, २०७८
के मानिसमा मानवता हराएकै हो त ? (कविता)

अच्युत मान सिंह प्रधान "उत्सुक"

कोरोना संक्रमणको पहिलो लहर शान्त नहुँदै,

पुनः: फैलियो कोरोना सक्रमणको दोश्रो लहर।

फैलिएको छ् सबैमा, डर अनि सन्त्रास कोरोना कै।

जनताको अभिभावकत्व ग्रहण गर्नु पर्ने नेताहरु नै

लडिरहेका छन्, सत्ता अनि कुर्सीका लागि।

न त छ माया जनताको, न त छ आफ्नो देश कै।

छ त केवल चिन्ता र मोह, सत्ता अनि कुर्सीको।

भई रहेको छ् अभाब अनि कालो बजारी अत्याबश्यक सामग्रीहरु सबैको।

कालो बजारी गर्न मै मस्त छ्न ब्यापारीहरु।

लुट्न मै ब्यस्त छ्न सबै, यस्तो महामारीको बखत पनि।

भई रहेको छ् भयाबह स्थिती, सरकारी अनि निजी अस्पतालको पनि।

अनि भईरहेको छ् बिच्चल्ली सक्रमित बिरामीहरुको।

बढेका छ्न, मरेका छ्न् सक्रमित रोगीहरु समयमै राम्रो उपचार नपाएर।

अभाब छ् सक्रमित राख्न अस्पतालहरुको।

अस्पताल पाए पनि चरम छ अभाब बेडको।

अभाब छ अहिले अस्पतालको, अनि पाए पनि चरम छ अभाब बेडको।

चरम अभाब छ ओषधीको, बेडको, अक्सिजनको, आसियुको, भेन्टिलेटरको।

ढाड सेक्ने उपचार शुल्क छ, अनि बेडको निजी अस्पतालमा।

थाहा छैन बिरामिको उपचार गर्दा बाकि रहन्छ र घरखेत नै।

के मानिसमा मानबता हराएकै हुन त?

salt training

कमेन्ट गर्नुहोस्