२१ असार २०८३, आइतबार

ओठमा चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भयो कार

जेठ २, २०७८
ओठमा चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भयो कार

अमेरिकाको मेरील्यान्डमा कारभित्र बसिरहेका एक व्यक्तिले ओठमा बलिरहेको चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भएर कार खरानी भएको छ । 
 

फेडरल प्लाजा शपिङ सेन्टरको पार्किङ लटमा बिहीवार अपराह्न कारमा बलिरहेको चुरोट र स्यानिटाजरको सम्पर्कले विस्फोट गराएको हो । 

चुरोटको झिल्कोले स्यानिटाइजरलाई टिपेपछि कार पड्केको मन्टगोमरी काउन्टी फायर यान्ड रेस्क्युले जनायो । 

कालो टोयोटा कारमा आगो लागेपछि अग्निनियन्त्रकहरूले त्यसलाई निभाएका थिए । 

तर कार क्षतिग्रस्त भएको छ र कारचालकको हात र तिघ्रा डढेको छ । उनलाई स्थानीय अस्पताल लगिएको थियो । 

‘हावा राम्ररी आउनजान नपाउने कारभित्र स्यानिटाइजर प्रयोग गर्दै चुरोट सल्काउनु खतरनाक काम हो,’ दमकल विभागका प्रवक्ताले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्