×

NMB BANK
NIC ASIA

विपदमा जुट्दै गुल्मीका पत्रकार, अक्सिजन प्लान्ट निर्माण गर्न जुटाए ३६ लाख

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मीका पत्रकारहरू महामारीमा एकजुट भएका छन् ।

Muktinath Bank

अक्सिजनको कारण नागरिकको ज्यान जान थालेपछि नेपाल पत्रकार महासंघ गुल्मी अक्सिजन अभियानमा जुटेको हो । गत बैशाख २५ गते बाट सञ्चालित अक्सिजन अभियानबाट आइतबारसम्म ३६ लाख ६३ हजार सहयोग संकलन भएको अभियान्ता तारा भुसालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मीमा पनि कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ । करिव १२ सय संक्रमित छन् ।


Advertisment
Nabil box
Kumari

भुसालले जिल्लामा संस्थागत रुपमा र प्रवासमा समेत अभियान संचालन भएकाले महासंघ मार्फत नै करिव ५० लाख संकलन हुने लक्ष्य राखेको बताए । पछिल्लो समय पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान प्लान्टसम्म पुगेको छ । यो अभियानलाई चौतर्फी रुपमा स्वागत र साथ रहेकाले अहिले विभिन्न संघ–संस्थाहरुसंग सहकार्य गरेर प्लान्ट सञ्चालनको प्रक्रिया अगाडि बढाइएको भुसालले बताए ।

Vianet communication
Laxmi Bank

अक्सिजन प्लान्ट अभियानमा गुुल्मीका प्रतिनिधिसभा सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्ट १० लाख सहयोग जुटाउने प्रतिवद्धता जनाएका छन् । भने पुर्व सभासद तथा कांग्रेस नेता चन्द्र भण्डारीले पनि अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

गुल्मी उद्योग वाणिज्य संघले पनि पत्रकार महासंघको अभियानमा ऐक्यबद्धता जनाउँदै करिव १५ लाख बढी सहयोग संकलन गरिसकेको पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । 

महासंघले अहिले अक्सिजन खरिद गरेर गुल्मी अस्पताल र रेसुंगा अस्पतालका बिरामीहरुको आवश्यकतालाई मध्येनजर वितरण गरिएको छ । साथै आवश्यकताको आधारमा जिल्लाका अन्य स्थानीय तहसँग पनि अक्सिजनको बिषयमा समन्वय भइरहेको अर्यालले बताए । ‘रातमा समस्या पर्ने देखि बाहिर रेफर भएकालाई समेत अक्सिजन र समन्वय गरिरहेका छौ,’अर्यालले भने,‘प्लान्ट पूर्ण संचालन नहुने बेलासम्म अक्सिजन सिलिन्डर खरिद र भर्ने काम काम गर्छौ ।’ 

अभियानमा जोडिन पत्रकार महासंघले सवैलाई आह्वान गरिरहेको छ । नेपालमा अक्सिजन सिलिन्डर खरिद र भर्ने स्थिति निकै संकटपूर्ण बन्दै गएको अवस्थामा सुरु गरिएको अक्सिजन प्लान्ट अभियानमा मनदेखि नै जोडिन पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष तथा समन्वय समिति संयोजक जनार्दन घिमिरेले आग्रह गरे । 

पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा ५ शैयाको आइसोलेशन स्थापना गरेको छ । जिल्लाका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर) लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x