२१ असार २०८३, आइतबार

कोरोना लागेपछि मूर्खको सल्लाह मानेर युवकले पिए मट्टितेल, भयो मृत्यु

जेठ ३, २०७८
कोरोना लागेपछि मूर्खको सल्लाह मानेर युवकले पिए मट्टितेल, भयो मृत्यु

कोरोनाभाइरसका विषयमा सामाजिक सञ्जालमा अनेकथरी हल्ला फैलिरहेका हुन्छन् । 

ती हल्लालाई पत्याउने गौप्राणीहरू पनि समाजमा छन् । भारतको भोपालमा यस्तै एक सोझा युवक कोरोना लागेपछि सामाजिक सञ्जालमा आफ्नो परिचित मानिसको मूर्ख सल्लाहका कारण ज्यान गुमाउन पुगेका छन् । 

अशोका गार्डनमा बस्ने ती ३० वर्षीय युवकलाई ज्वरो आएपछि कोरोना लाग्यो भन्ठाने । अनि उनले चिनेजानेको एक मानिससँग सल्लाह लिएर मट्टितेल पिए । त्यसो गरेको चार दिनपछि उनको मृत्यु भयो । मृतक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

जुन महिनामा विवाहको पहिलो वर्षगाँठ मनाउन लागेका युवकको अकालमा ज्यान गयो । मट्टितेल पिएपछि अस्पताल भर्ना गरिएका युवकको त्यहीँ नै मृत्यु भएको हो । 

चिकित्सकहरूका अनुसार, शुरूमै सही औषधि परेको भए युवकको ज्यान जोगिन सक्थ्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्