असोज ८, २०७९
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
जेठ ४, २०७८
सामान्य अवस्थामा पनि कसैको मृत्युको खबर सुन्न मानिसहरूलाई गाह्रो हुने गर्छ । तर यतिखेर हाम्रा लागि मृत्युको खबर सुन्नु एक दैनिकी भएको छ ।
मिडियाहरूमा पनि दैनिक सयौं मानिस मरेको समाचार मात्रै आइरहेका छन् ।
छिमेकी मुलुक भारतमा पनि हजारौं मानिसहरू दैनिक रूपमा मरिरहेका छन् । सेलिब्रिटी, नेता, व्यापारी, पत्रकारसहित साधारण जनताहरू कसैलाई पनि कोरोनाले छुट दिएको छैन ।
महामारीमा मृत्युको खबर कुनै नौलो रहेन । भेन्टीलेटरमा अक्सिजनको सहारामा रहेका संक्रमितहरूलाई कसरी जोगाउने हो त्यो चिन्ता छ । नेपालीहरूलाई यतिखेर मृत्युको भय कति धेरै छ भन्ने कुरा वन मन्त्री प्रेम आलेले 'पशुपतिमा दाउरा अभाव हुन नदिनू' भनेको कुरालाई लिएर सामाजिक सञ्जालमा आएका आक्रोशहरू हेर्दा थाहा भैहाल्छ ।
यतिखेर अक्सिजनको सहारामा भेन्टीलेटरमा रहेका बिरामीहरूलाई कसरी जोगाउने हो त्यो मुख्य चिन्ता हो। तर पनि खै किन हो हाम्रो देशका नेतादेखि कलाकार, पत्रकार र आम जनताहरू दिनभरी ६/७ पटकसम्म सामाजिक सञ्जालमा कसै न कसैलाई हार्दिक श्रद्धाञ्जलि लेखेर बसिरहेका देखिन्छन् ।
यस्तो महामारीमा पनि 'हार्दिक श्रद्धाञ्जलि'को वर्षाद् नै गरेर सामाजिक सञ्जाल नै आतंकित बनाउनुपर्ने कुनै कारण छ जस्तो त लाग्दैन। हो मान्छे मरेमा हार्दिक श्रद्धाञ्जलि दिने, सहानुभूति प्रकट गर्ने हाम्रो सामाजिक परम्परा हो । तर महामारीको यो समय र समस्त मानव जगत नै कोरोनारूपी मृत्युसँग डराइरहेको यो समयमा हुनुपर्छ भन्ने लाग्दैन ।
यस्तो महामारीमा हार्दिक श्रद्धाञ्जलि भन्ने शब्दले मानिसहरूमा नकरात्मक असर धेरै पर्छ । कोरोनासँग लड्नुपर्छ तर मानसिक स्वास्थ्य पनि यतिखेर प्रधान भएर आएको छ । हालसालै कोरोना जितेर डिस्चार्ज भएका लेखक प्रकाश गुरागाँईले यस्तै नमीठो अनुभव फेसबुकमा शेयर गरेका छन्।
उनले लेखेका छन्, 'म डिस्चार्ज भएँ, तर अस्पतालमा बसिरहँदा मिडिया र सामाजिक सञ्जाल धेरै गैरजिम्मेवार लागे । सरकारसँग भर थिएन । मिडियाले पनि सकारात्मक समाचार कुनामा खाँदेर 'कोभिड आतंक'लाई सहयोग गरे । मानौं, कोभिडले तहसनहस नेपालमा मात्र पार्यो । सरकारलाई त गाली गर्न मिल्ने रैछ, मिडियाले 'समाचार बेच्ने' मात्र कर्म गर्दा अस्पताल बसेकाको मनोविज्ञान 'अब मरिन्छ' भन्नेबाहेक हुँदोरहेनछ। यो सुझाव हो, मिडिया जिम्मेवार बन। तथ्यांक 'ब्लास्ट' गरेर जिम्मेवारी पूरा हुन्न।
अनि सामाजिक सञ्जालमा कोरोनाबाट मृत्यु भएकालाई हतारमा श्रद्धाञ्जलि लेख्ने 'साथीहरू' खास 'दुश्मन' लागे । तिनले संक्रमित साथीहरूको मनोविज्ञान बुझ्नै सकेनन्। तिनका श्रद्धाञ्जलीले आतंक थपिरहे।
बाँकी अनुभूति कतै लेख्ने छु नै।'
हामीले तल उल्लेखित भावनात्मक पाटोबारे एकपटक किन नसोच्ने ?
१. अस्पतालमा रहेका कैयौं बिरामीले पनि मोबाइल हेरिरहेका छन् भन्ने कुरा नभुलौं । अस्पतालमा रहेका सबै बिरामी सिकिस्त छैनन्। केही सामाजिक सञ्जालमामार्फत घर परिवारसँग सम्पर्क गरिरहेका पनि हुन्छन्। यस्तोमा कोरोना लागेर निधन भएकालाई 'हार्दिक श्रद्धाञ्जलि' भनेर लेखको देख्दा तिनीहरूको मनोबल घट्छ कि बढ्छ यसबारे विचार गरौं ।
२. अस्पतालमा रहेका बिरामीका छोराछोरी, आमाबुवा, श्रीमान् श्रीमती, नातागोता घरमै बसेर चिन्ता गरिररेका हुन्छन्। आफ्नो बिरामी छिटो निको हुन्छ भन्ने विश्वास गरेका हुन्छन् । यस्तो बेलामा 'हार्दिक श्रद्धाञ्जलि' मात्रै लेखेका पोस्ट सामाजिक सञ्जालमा देखियो भने शायद परिवारलाई मानसिक असर पर्छ होला भन्ने सोचौं ।
३. नेपालीहरूको एउटा खराब बानी के छ भने दुर्घटना परेका मानिसको विभत्स तस्वीर समेत सामाजिक सञ्जालमा राखेर श्रद्धाञ्जलि दिने । मलाई यो एकदमै खराब शैली लाग्छ। परिवारको अनुमतिविना कसैको विभत्स तस्वीर त्यसरी सामाजिक सञ्जालमा राख्न मिल्छ ? सामाजिक सञ्जालले पनि यस्ता फोटोहरूलाई 'कम्युनिटी गाइडलाइन' अन्तर्गत प्रतिबन्ध गरेको छ ।
४. आजभोलि भेन्टिलेटर, आईसीयूमा प्राण त्याग गरेका बिरामीहरूको फोटोसहित उस्तै परे सेल्फी नै खिचिएका फोटोहरू राखेर मृतकको परिवार समेतलाई ट्याग गरेर यस्तो, उस्तो हुनुहुन्थो, यस्तो गर्नुभएको थियो, यस्तो स्वभाव थियो भनेर लेख्ने प्रचलन छ । यस्तो महामारीको बेलामा बरू फोन गरेर, हौसला दिएको राम्रो हो, त्यसरी लेख्नु कुनैपनि हालतमा सही हैन ।
५. खै किन हो नेपालका नेताहरूमा पनि हार्दिक श्रद्धाञ्जलि दिने कुरा फेसन जस्तै भएको छ । भर्खरै प्राण गएको छ फेसबूकमा हार्दिक श्रद्धाञ्जलि आइहाल्छ । त्यो ठीक हैन । कुनै परिवारको प्राइभेसीका कुरा पनि हुन् सक्छन्, आफ्नो नेताको बाआमा मर्दा, कार्यकर्ता मर्दा सामाजिक सञ्जाल रंगाउने नेताहरूको चलन छ। के अहिले महामारीमा एक दुईजना मान्छे मात्रै मरेको छ? नेताहरूका लागि एटेन्सन आफ्ना कार्यकर्ता मर्दा मात्र हुने जनता मर्दा नहुने ?
६. हार्दिक श्रद्धाञ्जलि दिने संस्कृति संसारभरी नै छ । तर यस्तो महामारीमा जनता आतंकित हुनेगरी हार्दिक श्रद्धाञ्जलि दिएर सामाजिक सञ्जाल रंगाउनु लकडाउनमा फुर्सदिलो भएर घरमा बसेका मानिसहरूलाई मानसिक दबाब दिनु हो भन्ने पनि बुझौं । महामारीमा उच्च मनोबल बनाउने भन्ने कुरा मानसिक स्वास्थ्यसँग सम्बन्धित छ ।
७. यस्तो महामारीमा मास्क लगाएर आवश्यक अति जरुरी कामका लागि मात्र बाहिर निस्कने काम गरौं । सामाजिक दुरी कायम गरौं । नत्र हार्दिक श्रद्धाञ्जलि पाउने पालो तपाईंको पनि आउन सक्छ । र आयो भने परिवारका लागि पक्कै पनि त्यो भन्दा नराम्रो, दु:खद् र चोट पर्ने कुरा अरू केही हुने छैन ।
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...