रुसको सेन्ट पिटर्सबर्गमा ट्रलीबसको तारमा चट्याङ बज्रिएपछि बिजुलीका ठूला झिल्का भुइँमा झरेका छन् र पैदलयात्रुहरू तर्सेका छन् ।
गत बुधवार मेघ गर्जनसहित पानी परेको बेलामा सीसीटीभी क्यामरामा यो घटना रेकर्ड भएको थियो ।
भिडियोमा देखिएअनुसार, बिजुलीको ठूलो झिल्काले उज्यालो पारेको थियो र भेटेरानोभ एभेन्यु तथा सोलडाटा कोर्जुना सडकको चोकमा हिँडिरहेका पैदलयात्रीहरूलाई तर्साएको थियो । त्यसलगत्तै ठूलो आवाजमा चट्याङ गर्जिएको थियो ।
लगत्तै आगोका झिल्काहरू सडकमा पछारिँदा मानिसहरू रोकिएर स्तब्ध भई हेरेका थिए ।
छाता ओढेका एक पैदलयात्री कानको जाली फुट्ने चट्याङको आवाज सुनेर र झिल्काहरू खसेको देखेर आत्तिएको देखिन्छ ।
घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।