साउन २३, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गई दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदे...
यतिखेर सामाजिक सञ्जालमा स्ट्यान्ड अप कमेडीबाट चिनिएका कमेडियन आदर्श मिश्रा र उनको बुवासँगको फोटोहरु शेयर भइरहेका छन् । युट्युबमा आदर्शले अपलोड गरेका भिडियोपनि शेयर भइरहेका छन्। किनकी उनलाई यतिखेर पितृशोक परेको छ। मिर्गौलाका रोगी उनका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमा लेखेका छन्, “ मेरो घरमा पनि डायलाइसिसको बिरामी हुनुहुन्छ , कति कठिन हुन्छ थाहा छ मलाई । सायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रशासन भएको भए, सायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेषण नगरेर यस्तो विषयलाई पनि प्राथमिकता दिएको भए आज उसलाई सहानुभूतिको आवश्यकता पर्ने थिएन होला।”
संगीतकार कालीप्रसाद बाँस्कोटाले फेसबुकमा आदर्श मिश्रको भिडियो शेयर गर्दै लेखेका छन्, 'यो हेरेपछि अरु केही लेख्न मन लागेन बस् त्यही पागल डाक्टरलाई सम्झिएँ, गलत प्रवृत्ति र चालचलनको विरोध गर्दाखेरि डाक्टर भएर राजनीति नगर, कलाकार भएर राजनीति नगर, कमेडियन भएर राजनीति नगर भन्ने जथ्थालाई सम्झिएँ।'
त्यसैगरी संचारकर्मी रवि लामिछानेले फेसबुकमा लेखेका छन्, ' प्रिय आदर्श मिश्र, तपाईंले भनेका पावरफुलहरुका हर्कत, दादागिरी, लुट कयौं पटक टेलिभिजनमा देखायौँ तर तपाईं हामीजस्ता आम मान्छेले भोग्नु परेको पीडा कम गर्न धेरै केही गर्न सकेनौँ। यो लडाइँ सम्भवतः लामो छ तर मलाई यति भन्ने अनुमति दिनु होला कि म यो लडाइँमा तपाईंको साथमा छु।'
केही दिन अगाडि आदर्शले आफ्नो बुवाको उपचार गर्न हेल्थ सिस्टम नै बाधक भएको, राम्रोसँग उपचार नभएको, जबकी अस्पतालमा एउटा ह्विल चियर पनि नभएको आरोप लगाएका थिए। र, उनले आफ्नै पहलमा ह्विल चियर किनेर अस्पताललाई दान समेत गरेको बताएका थिए। युट्युबमा एक भिडियो शेयर गर्दा आँखामा आँशु लिएर आदर्श भन्छन्, 'डाक्टरले ४ घण्टाको डायलासिस गर्ने भनेर समय सेट गरेर गर्यो, तर त्यो दिदीले जम्मा ३ घण्टा गरिदियो, दिदी तपाईंलाई घर छिटो जानुपर्ने थियो होला, तर तपाईंको हतारोका कारण आज एउटा मान्छे घर फर्किन पाएन।'
आदर्शका बुवा विनोद मिश्रा बाराको जितपुरस्थित नगैला निम्न माध्यमिक विद्यालयका प्रिन्सिपल थिए।
पछिल्लो चार वर्षदेखि डायलाइसिसका कारण बाँचिरहेका आफ्ना बुवालाई आदर्शले बचाउन हारगुहार गर्दा पनि असफल रहे । उनी चार वर्षयता मिर्गौलाका बिरामी थिए। आदर्शले भिडियोमा भनेका छन्, 'आउनुहोस् सरकार केपी ओली मेरो बाउले चलाएको स्कुल हेर्नुहोस्, र तपाईंले चलाएको देश हेर्नुहोस्, कति धेरै फरक छ। तपाईंहरुले देश चलाउन सक्नु भएको छैन, आज उपचार नपाएर मेरो बुवा बित्नुभयो।'
आदर्शकी आमा भारतीय मुलकी हुन् । उनी पनि पति प्रिन्सिपल भएकै स्कुलमा पढाउछन्। आदर्श आफ्नो बुवाको मिर्गौला प्रत्यारोपण गर्न चाहन्थे र भारतमा रहेकी आदर्शको मौसी अर्थात् विनोदकी जेठीसासु मिर्गौला दान गर्न तयार थिइन्। तर अस्पतालले विदेशीको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भनेर टारिरह्यो। आदर्शले केही दिन ट्वीट गर्दै मिर्गौला दाता भारतीय भएकै कारण प्रत्यारोपण नभएको बताएका थिए । उनको आमा भारतीय भएको र उनको बुवालाई उनकी मौसी (विनोदकी जेठी सासु)ले मिर्गौला दिन तयार हुँदा मृगौला दाता भारतीय भएका कारण नमिल्ने भन्दै शिक्षण अस्पतालले फिर्ता पठाएको उल्लेख गरेका थिए ।
नेपालको कानूनानुसार नजिकका नातेदार विदेशी नागरिक भए पनि उसले अंग दान गर्न मिल्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २५५ (संशोधन २०७५) को दफा २ (ठ)मा अंगदान गर्न सक्ने नातेदारको सूची छ । त्यसैगरी, मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका २०७५ को दफा ७ (५) ले विदेशी नागरिकको लागि नाता प्रमाणित गर्ने निकाय तोकिएको छ । सोअनुसार विदेशी नागरिकको हकमा सम्बन्धित विदेशी नियोगबाट नाता प्रमाणित गरेको हुनुपर्नेछ ।
यसरी हेर्दा नेपालको कानूनानुसार आदर्शकी ठूली आमा भारतीय भएर पनि आदर्शका बुवालाई अंगदान गर्न मिल्ने देखिन्छ ।
बुवाको निधनको एक दिनअघि मात्रै आदर्शले ट्विटरमा लेखेका थिए, 'आई डन्ट वान्ट टु लुज माइ डयाड ।' तर, त्यसो भनेको भोलिपल्टै उनले बुवा गुमाउनुपर्यो । आदर्शले बुवाको काजकिरीया सकिएपछि अस्पताल बिरुद्ध मुद्दा लड्ने बताइरहेका छन्। यो हेर्दा आदर्शलाई परेको पीडा जस्तो देखिए पनि वास्तवमा यो देशको स्वास्थ्य सिस्टम कति खराब छ भन्ने कुराको बलियो प्रमाण हो।
राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गई दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदे...
आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा लगेर छाडिदिएका थिए । चौबिस घण्टासम्म जङ्गलमा...
भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।...
यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए तापनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा...
२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन् । ज...
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा खसेको लेदोसहितको पहिरो पन्छाएप...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...