असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यस्ता मानवीय गुण हुन्, जसलाई प्रयोग गर्न जान्दा जीवन ऊर्जा बनेर सुख दिन्छन्, नजान्दा दुर्गुण बनेर दुःख दिन्छन् ।
यिनै मानवीय गुणमध्ये यहाँ क्रोध ऊर्जाबारे छलफल गर्ने प्रयास गरिएको छ ।
क्रोध पनि जीवन ऊर्जाकै एउटा भाग हो । क्रोध नभएको मानिस नै हुँदैन । त्यसैले क्रोध उठ्यो भनेर चिन्ता लिनु पर्दैन, उठ्न दिनुपर्छ । उठ्छ, नचाहँदा–नचाहँदै पनि उठ्छ ।
देवता पनि रिसाउँछन्, पशुपन्छी पनि रिसाउँछ, प्रकृति पनि रिसाउँछ । रोक्न सकिने कुरा हुँदै होइन तर विरेचनको तरिका भने मिलाउनुपर्छ ।
क्रोधका अनेक कारण हुन सक्छन् । घरपरिवार पनि हुन सक्छन्, छरछिमेक पनि हुन सक्छन् । श्रीसम्पत्ति पनि हुन सक्छ, करकुटुम्ब पनि हुन सक्छन् । तर विरेचनको तरिका भने एउटै हुन्छ, त्यो हो सन्तुलन ।
मानिलिनुस् तपाईंलाई छिमेकीले रिस उठायो । निहुँ जे पनि हुन सक्छ । सुकाएर राखेको कपडा हावाले उडाएर लगेको निहुँ पनि हुन सक्छ, बाख्राले साग खाइदिएको पनि हुन सक्छ, छोराछोरीको सानो गल्ती पनि हुन सक्छ । छिमेकी करायो, तपाईंंलाई रिस उठ्यो ।
यतिबेला तपाईं के गर्नुहुन्छ ? जस्तालाई तस्तै भन्दै उसलाई पनि गाली गर्न थाल्नुहुन्छ, होइन ? प्रायः हुन्छ यस्तै तर यो क्रोध विरेचनको तरिका होइन । तपाईंले गाली गर्नुभयो, उसले पनि गर्यो । बाझाबाझ पर्यो । त्यस्तै परे हात हालाहाल पनि भयो होला तर यसले के गर्यो ? नोक्सानी, मात्र नोक्सानी ।
तपाईंले पनि हान्नुभयो, उसले पनि हान्यो । दुवैलाई दुख्यो । दुवैको रगत बग्यो । त्यतिमा मात्र सकिएन, मौका कुरेर बस्ने निहुँ समेत बन्यो । जहाँ मौका मिल्छ त्यहीँ तपाईंले हान्नुभयो, उसले पनि हान्यो । अन्त्यहीन शृंखला शुरू भयो ।
मानौं एकछिनलाई तपाईंभन्दा ऊ बलियो रहेछ । तत्कालै प्रतिक्रिया जनाउन सक्नुहुन्न तर चुप लागेर बस्न पनि सक्नुहुन्न । घरमा गएर कि पत्नीमाथि पोख्नुहुन्छ कि पतिमाथि पोख्नुहुन्छ, त्यो रिस । कि छोराछोरीले पिटाइ खालान् कि निर्दोष भाँडाहरूले सजाय पाउँलान् । गिलास फुट्लान्, थाल–कचौरा बजारिएलान् । टीभीको सिसा फुट्लान् । फोनको सेट वा मोबाइस सेट हुत्तिएलान् । नभए कि कुकुरको छाउरो कुईंकुईं गर्न लाग्लान् कि बाख्राको पाठो म्याम्या गर्न थाल्लान् । केही न केही पक्कै हुनेछ । रिस पोखिने भनेकै कमजोरमा हो । छिमेकी कमजोर परेको भए उसैमाथि पोखिन्थ्यो । बलियो पर्यो, अरुले सजाय पाए ।
अथवा आफैंमाथि पोखिएको पनि हुन सक्छ । भित्रभित्रै मुर्मुरिनुभयो, दाह्रा किट्नुभयो, मुड्की बजार्नुभयो, गोडा थचार्नु भयो तर के भयो ? दुःख आफैंले पाउनुभयो । भित्रभित्रै सडेर कि क्यान्सर बन्न पुग्यो कि डिप्रेसनमा जानुभयो कि पागल गरायो । त्यस्तै परे आत्महत्याको अवस्थासम्म पुग्न पनि बेर लगाउनुभएन । क्रोधलाई विरेचन गर्न नजान्दा आउने नतिजा हुन् यी तर विरेचन गर्न जान्ने हो भने क्रोधले नोक्सानी होइन, फाइदा गर्छ । यसलाई निम्न उदाहरणबाट थप बुझ्न सक्छौं ।
मानिलिनुस् तपाईंलाई रिस उठ्यो, कडै रिसाउनु भयो तर नआत्तिनुस् एकछिन आँखा र कान बन्द गरेर बस्नुस्, स्वतः विरेचन गर्ने तरिका पत्ता लाग्छ । तरिका जे पनि हुन सक्छ । सागबारीमा पानी हाल्न शुरू गर्नुस् । बारी रसिलो हुन्छ, सागले पानी पाउँछ, तपाईंको भान्सा उज्यालो हुन्छ । तपाईंको नशा–नशामा छिरेको क्रोध सोही पानीले बगाएर लान्छ ।
तपाईंको क्रोध साग बारीले लिन्छ, बदलामा सागको मुठा पाउनुहुन्छ । साग बारी नभए गमलाका फूल पनि हुन सक्छ । पानी पाउनासाथ गमलाका फूल खुशी हुन्छन् । तपाईंको क्रोध उनीहरूले लिन्छन्, बदलामा प्रशन्नता दिन्छन् ।
अथवा भान्सामा छिरेर तरकारी काट्न शुरू गर्न सक्नुहुन्छ । आलु ताछ््न सक्नुहुन्छ, पिडालु खुर्किन सक्नुहुन्छ । तत्कालै तपाईंको क्रोध भागेर कहाँ पुग्छ, पत्तै हुँदैन । तरकारी पनि तयार भयो, क्रोध पनि एकएक गरी ताछिँदै गयो ।
कुचो लिएर घरआँगन सफा गर्न शुरू गर्न पनि सक्नुहुन्छ । तपाईंको घरआँगन पनि सफा हुन्छ । क्रोध पनि बढारिएर जान्छ । घरमा ‘एक्युरियम’ छ भने त्यसैलाई हेर्न सक्नुहुन्छ । ‘एक्युरियम’का माछा फुरफुर गरी नाचिरहेका छन् । कहिले तल जान्छन्, कहिले माथि आउँछन्, कहिले वल्लो कुनामा पुग्छन्, कहिले पल्लो कुनामा पुग्छ । पुच्छर हल्लाउँछ, पखेटा चलाउँछ । हेर्दाहेर्दै तपाईंको क्रोध उसैको पुच्छर र पखेटाले लिन्छ र तपाईंलाई आनन्द दिन्छ ।
तलाउमा जमेको पानीलाई हेर्न पनि सक्नुहुन्छ । भरी तलाउको पानी ढलपल गरिरहेको छ । कहिले शान्त हुन्छ । कहिले हावाको तालमा नाचिरहेको छ । तपाईं हेर्दै हुनुहुन्छ । हेर्दाहेर्दै कुन सड्को उसले तपाईंको क्रोधसँग आनन्द साटिसकेको हुन्छ, पत्तै हुँदैन । अगाडि जंगली रुख बिरुवा भए तिनैलाई हेर्न सक्नुहुन्छ । उनीहरूले गाएका संगीत सुन्न सक्नुहुन्छ । एकैछिनमा तपाईंको क्रोध उनीहरूको संगीतको तालमा उडेर कता पुग्छ पत्तै हुँदैन ।
अथवा कुनै मीठो भजन सुन्न सक्नुहुन्छ । भजन मन पर्दैन भने पनि केही छैन । गीतै सुन्नु भए पनि हुन्छ । भजन वा गीत सुन्दासुन्दै तिनकै गेडाले तपाईंको क्रोधको गेडा समेत उडाएर बिपत्ता पारिदिन्छन् । यसबाट तपाईंको मनमा एक किसिमको मीठो ताजगी आउँछ । मन चंगा हुन्छ, शरीरमा फुर्ति बढ्छ । नयाँ काम गर्ने जोस र जाँगर पलाउन थाल्छ । यही नै क्रोध ऊर्जा व्यवस्थापनका सरल तरिका हुन् ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...