
मधुमेहका बिरामीको संख्या दैनिक बढिरहेको छ। यो बिरामी हुनुको मुख्य कारण भनेको खराब जीवनशैली हो।
कतिपय अवस्थामा भने बुबाआमाको माध्यमबाट बच्चामा पनि वंशाणुगत रूपमा मधुमेह हुन्छ।
यो रोगलाई नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन र उपचार गर्नुपर्छ।
मधुमेह हुनु भनेको शरीरमा ‘ब्लड सुगर लेभल’ नियन्त्रणमा छैन भनेर बुझ्नु हो। यदि यसलाई नियन्त्रण गरिएन भने मोटोपन, मिर्गौला फेल हुने र मुटुसम्बन्धी बिरामीको पनि खतरा रहन्छ।
यदि तपाईं मधुमेहको बिरामी हुनुहुन्छ भने तपाईंले निश्चित खाना खानुपर्ने हुन्छ र हरेक दिन शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ।
कतिपय तरकारी तथा फलफूल हुन्छन्, जसले मधुमेह बिरामीलाई फाइदाजनक हुन्छ। तर, आज हामी प्याजले गर्ने फाइदाका विषयमा जानकारी दिनेछौं।
मधुमेह नियन्त्रणका लागि प्याज एकदमै फाइदाजनक हुन्छ। एक शोधका अनुसार प्याजमा धेरै किसिमका फ्लेवोनाइड्स हुन्छन्, जसले ‘ब्लड ग्लुकोज’लाई नियन्त्रणमा राख्छ। साथै स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
प्याजमा उच्च मात्रामा फाइबर हुन्छ। फाइबर पच्न बढी समय लाग्छ, जसकारण ब्लड सुगर पनि बिस्तारै आउँछ।
त्यस्तै प्याजमा कार्बोहाइड्रेट्सको मात्रा निकै कम हुन्छ, जसकारण मधुमेह बिरामीका लागि फाइदाजनक हुन्छ। त्यसैले मधुमेहका बिरामीलाई कम कार्बोहाइड्रेटवाला खाना खानका लागि सल्लाह दिने गरिन्छ।