०६ साउन २०८३, बुधबार
देउवालाई फूलमाला

सर्वोच्चको फैसलापछि देउवा निवासमा चहलपहल, फूलमाला लिएर बधाई दिनेको लर्को

असार २८, २०७८
सर्वोच्चको फैसलापछि देउवा निवासमा चहलपहल, फूलमाला लिएर बधाई दिनेको लर्को

सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चहलपहल शुरू भएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा नेता, कार्यकर्ता र शुभचिन्तकहरूको भीड लागेको हो । देउवाका शुभचिन्तकहरू फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् ।

यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशबमोजिम मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ ।

हेर्नुहोस्, देउवा निवासका तस्वीरहरू :

कमेन्ट गर्नुहोस्