
वर्षाको समयमा मालपुवा बनाएर खानुको बेग्लै मज्जा छ ।
आज हामी तपाईंका लागि मालपुवा बनाउने रेसिपी लिएर आएका छौं ।
सामग्री
मैदा एक कप
खुवा एक कप
पानी डेढ कप
काजु बदाम दुई ठूला चम्चा (मसिनो गरी काटेको)
केसर एक चिम्टी
घ्यू तार्नका लागि
चास्नी चार कप
विधि
पहिला एउटा बाउलमा मैदा र पानी राखेर घोल्नुस् ।
अब प्यानमा खुवा र पानीको घोल बनाउनुस् ।
त्यसपछि खुवा र मैदाको मिश्रणलाई एकै ठाउँमा मिसाउनुस् ।
प्यानमा आगो सानो बनाएर घ्यू तताउनुस् ।
एउटा ठूलो चम्चा खुवा र मैदाको मिश्रण राखेर गोलो गोलो गरी घुमाउनुस् ।
मालपुवालाई पल्टाएर दुवैतर्फ सुनौलो नहुन्जेल बेस्सरी तार्नुस् ।
तयार भएको मालपुवालाई चास्नीमा १० मिनेटसम्म डुबाउनुस् ।
अब प्लेटमा मालपुवा राखेर काजु बदाम र केसरले सजाएर पस्किनुस् ।