०६ साउन २०८३, बुधबार

ढुवानीका साधनलाई धरपकड नगर्न माग

साउन १५, २०७८
ढुवानीका साधनलाई धरपकड नगर्न माग

अधिकृत विक्रेता सङ्घ कास्कीले दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

    सङ्घका अध्यक्ष मनोजकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।

    मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग हुने गाडीहरूमा थपिएको छानोको कारण देखाउँदै ट्राफिक प्रहरीबाट हुने गरेका गाडी रोक्ने तथा जरिवाना लगाउने काम तत्काल रोक्न माग गरिएको छ । पोखराको मौसमका कारण गाडीमा छानो नराख्दा सामान बिग्रने भएकोल छाना राख्नु बाध्यता भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    मन्त्री थापालाई बुझाइएको ज्ञापनपत्रमा किराना पसलमा अत्यावश्यक सामान ढुवानी गर्ने अधिकृत व्यवसायी तथा कर्मचारी कोभिड–१९ को उच्च जोखिममा रहेकाले खोपको माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्