२६ असार २०८३, शुक्रबार

कर्णाली नदीमा डुंगा पल्टियो, १० दिनको बच्चासहित तीन जना बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टियो, १० दिनको बच्चासहित तीन जना बेपत्ता
फाइल तस्वीर।

कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा आज डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् । 

डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । 

घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् । 

प्रहरीका अनुसार उनीहरू रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन काठको डुंगामा सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए । 

घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ताको खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्