०१ साउन २०८३, शुक्रबार

तनाव भगाउनका लागि खानुस् यी खानेकुरा

माघ ३, २०७८
तनाव भगाउनका लागि खानुस् यी खानेकुरा

आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू चिन्ताले घेरिएका हुन्छन् । अनि आवश्यकताभन्दा बढी सोच्नु पनि गम्भीर समस्या बनिरहेको छ । त्यसले व्यक्तिलाई तनाव दिने गर्छ । 

यसबाट बच्न योग, ध्यान र सकारात्मक सोचको सल्लाह दिइन्छ । अनि दैनिक आहारमा केही परिवर्तन ल्याएमा पनि यसबाट बच्न सकिन्छ ।

यहाँ हामी तनाव भगाउने खानेकुराको चर्चा गर्दैछौं ।

दही

दहीमा भएको असल ब्याक्टेरियाले शरीरमा कोर्टिसोलको स्तर घटाउन र सन्तुलनमा राख्न सहायता गर्छ । यस्तो अवस्थामा तनाव घटेर मन शान्त हुन्छ । 

ओटमील

पोषक तत्त्व तथा एन्टीअक्सिडेन्ट गुणले भरपूर ओटमील दिमागका लागि लाभदायक छ । यसको सेवनले दिमागमा सेरोटोनिन रिलीज हुन्छ । सेरोटोनिनले मूड राम्रो राख्छ । यस्तोमा चिन्ता र तनाव घट्न सहायता पुग्छ । 

ग्रीन टी

ग्रीन टीमा भएको थिएनिन नामक एमिनो एसिडले स्ट्रेस घटाउन सहायता गर्छ । यसको सेवनले दिमागका कोशिकाहरूलाई राम्रोसँग काम गराउन सघाउँछ । यसलाई ब्रेन बूस्टर फूड भनिन्छ । 

डार्क चकलेट

डार्क चकलेट खाने गर्दा मूड राम्रो भएर स्ट्रेस घट्छ । यसमा भएको पोलिफेनोलले कोर्टिसोलको स्तर घटाउँछ । 

काजु

काजु भिटामिन, मिनरल, आइरन, पोटेसियम र एन्टी–अक्सिडेन्टको राम्रो स्रोत हो । यसले चिन्ता र डिप्रेसनका लक्षण घटाउन सहायता गर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्