
काठमाडौं, ३० जेठ — नेदरल्यान्ड्सका सुप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यानगगको जीवनी र कृतिमा आधारित कवितासंग्रह प्रकाशित भएको छ ।

अमेरिकी बीट कवि क्याटफिस मक्डारिसले सम्पादन गरेको कविता संग्रह ‘रिजरेक्सन अफ अ सनफ्लावर’ (सूर्यमुखीको पुनर्जीवन) मा नेपाली कवि सुदीप अधिकारीका १० वटा कविता पनि संग्रहित छन् ।
दर्शन, विज्ञान, धर्म र मनोविज्ञानमा लेख्ने तथा लोकान्तरको अंग्रेजी संस्करणका नियमित स्तम्भकार अधिकारीका अंग्रेजी कविताहरू योलगायत प्रतिष्ठित संग्रहहरूमा संग्रहित छन् ।
अमेरिकाको प्स्किज् पोर्च पब्लिशिङ नामक प्रकाशन संस्थाले निकालेको यो पुस्तकमा संसारभरिका ५० भन्दा बढी लेखकको कविता संग्रहित छ ।

पुस्तक अमेजन डट्कमबाट मगाउन सकिने अधिकारी बताउँछन् ।