कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको छ ।
विद्यालयको आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन अध्यापन गराउने कार्य कतै भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्य जस्ता विषयमा आंशिक तथा पूर्णकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरूको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललितकला विषय अध्ययन अध्यापनका माध्यमबाट विद्यालय तहदेखि नै बालबालिकामा ललितकलासम्बन्धीको अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको बुटवलका प्रमुख शिवराज सुवेदीले बताए ।
विद्यालय तहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यावसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कलासंस्कृतिको समेत संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य रहेको प्रमुख सुवेदीको भनाइ छ ।
यससम्बन्धी आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत वैशाखमा डा. तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो ।
विभिन्न विषयका विज्ञहरू सम्मिलित उक्त कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरमा प्रारम्भिक प्रतिवेदन पेश गरेर सुझाव माग गरेको छ ।
कार्यदलले काठमाडौं विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालयका ललितकला विभागका प्रोफेसरहरूसँग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक भुसालले बताए ।
बुटवल उपमहानगरपालिकामा ललितकला विषयलाई प्राज्ञिक विषयका रूपमा विद्यालयदेखि स्थापित गरी विद्यार्थीहरूलाई यस विषयतर्फ आकर्षित गर्न विषयगत व्यवस्थापनसम्बन्धी अध्ययन गरेर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।
कार्यक्रममा सहभागी विज्ञ डा.मुराहरी पराजुली, अजित खनाल, प्रेमबहादुर बस्नेतलगायतले ललितकलाका विभिन्न विधामा विशेष अभिरुचि भएका विद्यार्थीहरूलाई ललितकला विषयको अध्यापनका माध्यमबाट उनीहरूको उच्च शिक्षातर्फको गन्तव्यलाई पनि सुनिश्चितता प्रदान गर्ने गरी योजना बनाउन सुझाव दिए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...