×

NMB BANK
NIC ASIA

पुराना नेतालाई युवाको भर

कांग्रेसमा महाधिवेशनको सरगर्मी : तानातानमा युवा नेता

भदौ १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको नेतृत्वमा स्थापित हुन चाहने नेताहरूले केन्द्रीय पदाधिकारी तहमा युवा उम्मेदवारलाई प्राथमिकताका साथ खोजी गर्न थालेका छन् । 

Muktinath Bank

मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारी तहमा उम्मेदवारी दिने तयारी गरेका नेताहरूले आफ्नो टीममा पार्टीका प्रभावशाली युवा नेताको खोजी गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी सभापति, उपसभापति, महामन्त्रीमा उम्मेदवार हुन चाहने नेताहरूले आफ्नो टीममा युवा नेतालाई ठाउँ दिने भन्दै तानातान गरिरहेका छन् । कांग्रेसका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा,  गुरूराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायतका युवा नेताहरू नेतृत्वको तानातानमा छन् । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन आयोजना गर्ने भएको छ । भदौ १८ गतेबाट गर्ने भनिएको महाधिवेशन पार्टीको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा मंसिरमा धकेलिएको हो । 

Vianet communication
Laxmi Bank

कांग्रेसले २० जिल्ला बाहेक अन्यत्रको क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । विवाद मिलाउन बाँकी रहेको जिल्लाका सदस्यहरूको बारेमा क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद हल गर्ने प्रयास गरिरहेको छ । 

पार्टीभित्रका अरू आन्तरिक विवाद मिलेको र क्रियाशील सदस्यता विवाद पनि मिल्ने अवस्थामा पुगेको भन्दै कांग्रेसका नेताहरूले अब महाधिवेशनमा ध्यान केन्द्रित गरेका छन् । भदौ १८ गते देशभरका वडा तहमा कांग्रेसले अधिवेशन गर्ने तय गरेको छ । 

कांग्रेसको महाधिवेशन हुने निश्चित जस्तै भएपछि नेताहरूले आफ्नो उम्मेदवारी निश्चित गर्नेतर्फ ध्यान केन्द्रित गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा उम्मेदवार बन्नका लागि आन्तरिक छलफल थालेका छन् । त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलगायतले सभापतिमा उम्मेदवार बन्ने इच्छा राखेका छन् ।

त्यसबाहेकका उपसभापति, महामन्त्री लगायतका नेतृत्वदायी पदमा उम्मेदवार हुन चाहने नेताहरूले भेटघाट र छलफल बाक्लो पारेका छन् । 

पार्टीका उपसभापति रहेका विमलेन्द्र निधिले त सभापति पदमा उम्मेदवारी घोषणा गरेर सम्पर्क कार्यालय नै खोलिसकेका छन् । उनले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय राखेर चुनावी प्रचार थालिसकेका छन् ।

त्यसैगरी, कांग्रेसका केन्द्रीय सदस्य रहेका नेता गगन थापाले आगामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । भदौ १४ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरूको भेलामा थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । 

अघिल्लो महाधिवेशनमा थापा महामन्त्रीमै पराजित भएका थिए । त्यसबेला थापा, उनकै ससुरा अर्जुननरसिंह केसी र शशांक कोइराला कांग्रेसको महामन्त्री पदमा उम्मेदवार भएका थिए । १३ औं महाधिवेशनमा नेता कृष्ण सिटौलाको प्यानलबाट उम्मेदवार बनेका थापाले महामन्त्री पदमा ५८४ मत पाएर पराजित भएका थिए भने शशांक कोइराला महामन्त्री बनेका थिए । यस पटक भने कुन प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भन्ने थापाले खुलाएका छैनन् । 

नेपाली कांग्रेसका अर्का युवा नेता गुरूराज घिमिरे पनि कांग्रेसमा महामन्त्री पदका आकांक्षी हुन् । विद्यार्थी राजनीतिबाट आएका घिमिरे कांग्रेसमा पार्टीभित्र प्रभाव राख्ने युवा नेतामध्येमा पर्छन् । 

उनलाई पार्टी सभापतिदेखि पदाधिकारीमा उम्मेदवार हुन चाहने सबै नेताले बोलाएर महाधिवेशनको उम्मेदवारीको बारेमा चासोपूर्वक छलफल गरेका छन् । घिमिरे भन्छन्, ‘सबैजसो नेताहरूले बोलाएर टीममा रहनुपर्छ भन्नुभएको छ । पार्टी सभापतिको उम्मेदवारदेखि सबै तहमा नेताहरूसँग छलफल गरेको छु । कुन टीममा रहेर उम्मेदवार बन्ने भन्ने बारेमा अहिलेसम्म टुंगो लागेको छैन,’ घिमिरेले भने । 

घिमिरेसँग पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, अहिलेका महामन्त्री शशांक कोइराला, सभापतिका उम्मेदवार विमलेन्द्र निधि, नेताहरू प्रकाशमान श्रेष्ठ, सुजाता कोइराला, शेखर कोइराला, डा. रामशरण महतदेखि कल्याण गुरूङसम्मले महाधिवेशनमा मिलेर टीम बनाउनुपर्ने भनेका छन् । 

‘गोपालमान श्रेष्ठबाहेक सबैजसो पदाधिकारी तहका आकांक्षीसँग छलफल भएको छ । तर, मैले अहिल्यै निर्णय गरिसकेको छैन,’ घिमिरेले भने, ‘विराटनगर जाँदैछु । त्यहाँ पनि साथीहरूसँग छलफल हुन्छ । सबैसँग छलफल गरेर नै उम्मेदवारीको बारेमा निर्णय गर्छु । अहिलेसम्म मेरो दाबी महामन्त्रीमै हो ।’

पार्टीमा प्रभाव भएका युवा नेतालाई आफ्नो टीममा समावेश गर्न पाए सजिलोसँग जित निकाल्न सकिने आकलनसहित नेताहरूले युवाहरूलाई आफ्नो पक्षमा पार्ने कोसिस जारी राखेका छन् । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि आगामी महाधिवेशनमा महामन्त्रीकै उम्मेदवार बन्ने चर्चा चलाएका छन् । कांग्रेसको संस्थापन समूह निकट रहेका शर्मा सकेसम्म संस्थापन पक्षले बनाउने टीममै महामन्त्रीको उम्मेदवारमा पर्ने कोसिसमा छन् । शर्माले अहिलेसम्म कुन पदमा उम्मेदवार बन्ने भनेर सार्वजनिक घोषणा भने गरिसकेका छैनन् । 

विद्यार्थी राजनीतिबाट आएका कांग्रेसमा अर्का प्रभावशाली युवा नेता हुन प्रदीप पौडेल । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलेको समूहमा रहेका प्रदीप पौडेलले भने आगामी महाधिवेशनमा पार्टी महामन्त्री उम्मेदवार बन्ने बताउँदै आएका छन् । 

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको सदस्य एवं प्रवक्ता रहेका पौडेललाई पनि आफ्नो टीममा समेट्न नेताहरूले फकाइरहेका छन् । नेता रमेश लेखक र श्याम घिमिरेसहितको समितिका काम गरेका पौडेलले रामचन्द्र पौडेल समूहभित्र आफूलाई महामन्त्रीको बलियो दाबेदारको रूपमा प्रस्तुत गरेका छन् ।

युवा पुस्तामध्येकै एक जना नेता भन्छन्, ‘महाधिवेशनमा सेट बनाउँदा प्रभावशाली युवालाई समेट्नुपर्छ भनेर सबैले ध्यान दिएका छन् । सोही अनुसार छलफल पनि गरिरहेका छन् । युवापुस्ता नेतृत्वमा हाबी भइरहँदा उनीहरूलाई समेटेर लैजानु बाध्यता जस्तो पनि बनेको छ ।’

पार्टीको नेतृत्वमा रहन चाहने सबैजसो नेताले युवा पुस्ताका नेतालाई बोलाएर छलफल गरिरहेको ती युवा नेताले बताए । ‘मलाई को–को नेताले बोलाउनुभयो भनेर सार्वजनिक रूपमा भन्नु त राम्रो हुँदैन । तर, सबैजसो नेताले आफ्नो सेटमा युवालाई समेट्नेबारे निकै सोच विचार गरेको देखिन्छ,’ ती युवा नेताले भने । 

कांग्रेसका अर्का नेता डा. चन्द्र भण्डारी पनि युवा पुस्तालाई नेतृत्वमा स्थापित गराउने अभियानमा छन् । ‘हामी पार्टी बनाउन भूमिका खेल्न सक्छौं भन्ने विश्वास छ । नेताहरूबाट पनि पार्टीलाई निकास दिन आवश्यक छ । नेतृत्वमा युवा पुस्ता स्थापित हुनुपर्छ भनेर प्रयास गरिरहेका छौं,’ भण्डारीले भने । 

राजनीतिक नेतृत्व, सोच र समाज परिवर्तनको लागि युवाहरू हाबी हुनुपर्ने उनी बताउँछन् । अहिले बुटवलमा रहेका नेता भण्डारी केही दिनमा काठमाडौं आउने र युवा पुस्ताका नेताहरू बीचमा सहमति गराएर नै उम्मेदवारी घोषणा गराउने बताउँछन् । 

‘हामीले १४–१६ जनाको टीम बनाएका छौं । त्यो टीममा छलफल गरेर युवा पुस्तालाई मिलाएर उम्मेदवारी घोषणा गर्छौं,’ भण्डारीले भने, ‘अरू कोही युवा नेता नेतृत्वमा स्थापित हुन्छ भने म आफैं उम्मेदवार नहुन पनि सक्छु । मुख्य कुरा पार्टीलाई नेताहरूबाट निकास दिनुपर्ने छ ।’

अर्का युवा नेता घिमिरे पनि युवाहरू माझ सल्लाह गरेर नै उम्मेदवारी तय गर्ने बताउँछन् । ‘सबै युवाहरू एउटै पदमा उम्मेदवार बन्दैनौँ । आपसमा सल्लाह गरेर समझदारी बनाएरै उम्मेदवार बन्छौँ’, उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x