
नेपाल र भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेल सम्पन्न भयो । दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा दुबै टोली १–१ को बराबरीमा रोकिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले सुरुवाती अग्रता लिएपछि बचाइ राख्न सकेन ।

कोरोना महामारीका बीच पनि उल्लेख्य दर्शकको सहभागिता रहेको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएपनि अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरीमा रोकिनु परेको हो ।

नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । तर दोस्रो हाफ अर्थात खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरे ।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।






















