दशरथ रंगशालामा भारतसँग भएको रोमाञ्चक खेल, हेर्नुहोस् २६ तस्बिरमा

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

दशरथ रंगशालामा भारतसँग भएको रोमाञ्चक खेल, हेर्नुहोस् २६ तस्बिरमा

नेपाल र भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेल सम्पन्न भयो । दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा दुबै टोली १–१ को बराबरीमा रोकिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले सुरुवाती अग्रता लिएपछि बचाइ राख्न सकेन ।


Advertisement


Advertisement

कोरोना महामारीका बीच पनि उल्लेख्य दर्शकको सहभागिता रहेको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएपनि अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरीमा रोकिनु परेको हो ।


नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए  । तर दोस्रो हाफ अर्थात खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरे ।


Advertisement

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्