
राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ ।
मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराति उपचारको क्रममा निधन भएको हो । कोभिडको संक्रमण भएका उनको केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
उनको अस्पतालमा गएराति निधन भएको जेठाे छोरा बिनोद शर्माले बताए ।