×

NMB BANK
NIC ASIA

पर्वतमा पहिरोले ज्यान गुमाउनेको संख्या १० पुग्यो

भदौ १८, २०७८

NTC
Premier Steels

भारी वर्षाका कारण पर्वतका विभिन्न ठाउँमा गएराति पहिरोमा घर पुरिँदा १० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । 

Muktinath Bank

सदरमुकाम कुस्मा नगरपालिका–३, दुर्लुङ भोगेनीका माधव शर्माको घर माथिबाट आएको पहिरोमा पुरिँदा परिवारका पाँच जनाको मृत्यु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्यु हुनेमा ७५ वर्षीया आमा कौशिला पौडेल, ३५ वर्षीया श्रीमती भगवती पौडेल, १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेल छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै कुस्मा–११, सिल्मीका मनिलाल पौडेलको घर माथिबाट खसेको पहिरोले पुरिएको छ । उनको घरमा पाहुना बस्न आएका मोदी गाउँपालिका–७, राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ । 

Vianet communication

मोदी गाउँपालिका–५, अम्बोटमा अविरल वर्षाका कारण ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोले फूलमाया थापाको मृत्यु भएको छ । जस्तापाताले बनेको उनको घर पहिरोले बगाउँदा ५० वर्षीय थापाको घटनास्थलमै मृत्यु भएको हो । 

यसै गरी कुस्मा–११, पपुवा पाल्चेका हरि पौडेलको घर पहिरोले भत्किँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा उनकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, उनका ३ वर्षीया छोरा प्रयुस पौडेलको मृत्यु भएको हो । 

पहिरोमा हिरा पौडेलकी ७० वर्षीया आमा डल्ली पाध्या पौडेल हालसम्म बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

यस्तै पहिरोले पोखरा–कुस्मा सडकखण्ड अवरुद्ध भएको छ । 

पोखरा–३२, खुँदीखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरेर गगनगौंडातर्फ जाने क्रममा उनलाई खोलाले ३० मिटर जति बगाएको थियो । 

रुखमा अड्किएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x