×

NMB BANK
NIC ASIA

सरकारी खर्च रोकिने अवस्था

राजनैतिक गत्यावरोधको परिणाम– संघीय व्यवस्थामा पहिलोपटक ‘बजेट होलिडे’ !

भदौ २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकार परिवर्तन र राजनीतिक गतिरोधका कारण मुलुकले संघीय व्यवस्थामा पहिलोपटक बजेट ‘होलिडे’को सामना गर्नुपर्ने भएको छ ।

Muktinath Bank

संसद्मा प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोधका बावजुद पेश गरिएको अध्यादेश बजेट प्रतिस्थापन विधेयक समयमै पारित हुने अवस्था नहुँदा मुलुकले बजेट ‘होलिडे’ को सामना गर्नुपर्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेटको आयु सकिनै लाग्दा ढिलो गरी बजेट प्रतिस्थापन विधेयक गत शुक्रवार संसद्मा प्रस्तुत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उक्त विधेयक संसद्मा प्रस्तुत गर्दै गर्दा पनि प्रतिपक्षी दल एमालेले सशक्त विरोध गरेको थियो । 

Vianet communication
Laxmi Bank

त्यसपछि मंगलवार एमालेको विरोधकै बीच अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक स्वीकृतिका लागि पेश गरेका छन् । 

यता सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक आगामी असोज ४ गतेका लागि बोलाएका छन् । 

जबकि अध्यादेश बजेटले बुधवारसम्मका लागि मात्रै काम गर्नेछ । 

‘अनिश्चितकालका लागि रोकियो सरकारी खर्च’

संसद्मा राजनीतिक गतिरोध कायमै रहेकाले सभामुख सापकोटाले यस बीचमा सहमतिका लागि बैठक ५ दिन पर सारेका हुन् । 

यसले अब कम्तिमा ५ दिन नै सरकारले बजेट खर्च गर्न नपाउने भएको छ । 

बुधवार अध्यादेश बजेटको समय सकिएपछि बिहीवारबाटै सरकारी खर्चहरू अनिश्चितकालका लागि रोकिँदैछ ।

असोज ४ गते नै प्रतिस्थापन विधेयक पास हुने वा नहुने निश्चित भइसकेको छैन । यसले गर्दा सरकारी खर्च अनिश्चितकालका लागि नै नहुने देखिएको छ ।

के भन्छन्, सरोकारवालाहरू ? 

पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले बजेटसम्बन्धी कानूनको अभाव महशुस भएको बताए । 

उनले बहुदल आएको निकै लामो समय भइसकेको अवस्थामा मुलुकले बजेट होलिडेको सामाना गर्नुपर्ने अवस्था निकै लज्जास्पद भएको टिप्पणी गरे । 

उनले भने, ‘सरकार र प्रतिपक्षी लडिरहने अहिलेको अवस्थाले निकै नराम्रो वातावरण सिर्जना गर्‍यो, यो कुनै पनि हालतमा मनासिव विषय होइन ।’

‘न हाँसको चाल, न कुखुराको चाल’

अहिले सरकार र प्रतिपक्षी दलबीचको भिडन्तले गर्दा बजेट होलिडे निम्तिएको भन्दै एक पूर्व प्रशासकले राजनीतिक दलहरू निकै नै गैरजिम्मेवार बनेको बताए ।

उनले यसलाई आफ्नो हैसियतले टिप्पणी गर्न पनि लज्जाबोध हुने भन्दै नाम नखुलाउन समेत आग्रह गरे । 

ती पूर्व प्रशासकले भने, ‘सबैकुरा अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवालाई थाहा थियो । बढी लोकतान्त्रिक चरित्र देखाउन खोजेजस्तो गरेका उनीहरूले अहिले यस्तो अवस्था सिर्जना गरे ।’

उनले अहिले सरकारले न हाँसको चाल, न कुखुराको चाल भन्ने जस्तो अवस्था बनाएको समेत टिप्पणी गरे ।

‘सरकारले प्रमुख प्रतिपक्षीलाई दोष देखाउने काम भयो । लोकतान्त्रिक चरित्र देखाए जस्तो पनि गर्‍यो । आफूले नयाँ बजेट पास गर्न नसक्नेले खुरुखुरु विष्णुप्रसाद पौडेलले ल्याएको बजेट पास गरेको भए भइहाल्थ्यो ।’

के हो बजेट होलिडे ? 

बजेट होलिडे यस्तो अवस्था हो, जहाँ सरकारले गर्ने सम्पूर्ण खर्च रोकिनेछ । बिहीवारदेखि रोकिने खर्चहरूको असर कहिलेसम्म पर्छ भन्ने निश्चित नभएको पूर्व सचिव गोपी मैनाली बताउँछन् । 

‘सम्पूर्ण खर्चहरू कहिलेसम्म रोकिने भन्ने कुराको कुनै ठेगान नै भएन, यसले समस्या पार्छ,’ पूर्व सचिव मैनाली भन्छन्, ‘यो परिस्थिति निम्तिनु राम्रो होइन ।’

अहिले सरकार र राजनीतिक दलहरूबीच चर्किएको अन्तरविरोधका कारण सरकारी खर्च रोकिनु निकै दुःखद् भएको उनको बुझाइ छ । 

सरकारले आकस्मिक कामहरू गर्नुपर्दा अब समस्या पर्नेछ ।

पूर्व सचिव मैनालीले कार्यलय सञ्चालन खर्च रोकिएमा यसले निकै समस्या पार्ने जानकारी दिए । यति मात्रै नभएर कुनै आकस्मिक घटना घट्यो र खर्च गर्नुपर्ने अवस्था आयो भने ठूलै समस्या हुन्छ ।

मुलुक चलाउने विषयमा राजनीतिक सहमति कायम गरेर अगाडि बढ्नुपर्नेमा झन् गतिरोध चर्काउँदा मुलुकमा अप्ठ्यारो स्थिति सिर्जना हुने उनको बुझाइ छ । 

‘सावाँब्याज भुक्तानी गर्नुपर्ने कुराहरूमा केही दिन रोकियो भने यसको सेवा शुल्क पनि धेरै तिर्नुपर्ने हुन्छ, यसले देशलाई नै ठूलो भार पर्न जान्छ,’ मैनालीले भने ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रलाई चलाउनका निम्ति पनि सरकारी खर्चको मुख्य भूमिका हुन्छ । यसरी सरकारले बजेट खर्च गर्न नमिल्दा समग्र अर्थतन्त्रलाई नै असर पर्ने उनको भनाइ छ ।

यस अवस्थामा सरकारी कार्यालयले आकस्मिक खर्च भने सापटी र धरौटीमार्फत चलाउन सक्छ । 

स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय भने बजेट होलिडेका कारण प्रभावित हुनसक्ने पूर्व सचिव मैनालीको भनाइ छ ।

अर्थमन्त्री शर्मा भन्छन्– '५/७ दिन खर्च रोकिने भयो'

यता अर्थमन्त्री शर्माले भने राजनीतिक दलहरू बीचको सहमतिका लागि बजेट होलिडेको अवस्था आएको बताएका छन् । 

मंगलवार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले आफूले जतिसक्दो छिटो सहमति खोज्ने र सहमति भएसम्म प्रतिस्थापन विधेयकलाई सहमतिबाटै पारित गर्ने बताए । 

उनले भने, ‘सहमति भएसम्म सहमति अनुसार पारित गछौं । सहमति भएन भने नियमित प्रक्रिया पुर्‍याएका हुन्छौं ।’

बजेट पारित हुन ढिलाइ हुँदा करीब ५/७ दिन राज्यले गर्ने खर्च रोकिने उनको भनाइ छ । 

उनले भने, ‘कर उठाउने विशेष व्यवस्था छ, कर उठिहाल्छ, राज्यले गर्ने खर्च भने ५/७ दिन रोकिन सक्छ ।’

यता प्रधानमन्त्री शेर बहादुर देउवाले भने बजेट होलिडेको अवस्थामा पनि विगतका दिनमा जसरी चलेको थियो, त्यसरी नै चल्ने बताएका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x