फागुन ७, २०८०
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपाली रैथाने परिकार हरियो दुधे मकैको फ्याप्लो हाम्रो परम्परागत स्वस्थबद्र्धक खाना हो । यो परिकार हरियो मकै पाउने सिजन असार, साउन र भदौमा निकै लोकप्रिय छ ।
फ्याप्लो एक किसिमको मकैको रोटी हो र यो खाजाको रूपमा छोप अचारसँग खान निकै स्वादिष्ट हुन्छ । बच्चादेखि बूढाबूढी सबैलाई मन पर्ने यो नेपालको एक मौलिक खाना पनि हो ।
पछिल्लो समय यो परिकार विदेशीले पनि खुब मीठो मानेर खाएको पाइन्छ र त होटल रेस्टुरेन्टको मेनुमा पनि भेट्न थालिएको छ ।
फ्याप्लो बनाउन चाहिने सामग्रीः हरियो दुधे मकैको घोगा ३ पिस, नून स्वादअनुसार, घ्यु ३ टेबल चम्चा, पानी आवश्यकता अनुसार
मकैको फ्याप्लो बनाउने विधिः
मकैको घोगालाई चक्कुको सहायताले सबै गेडा खुर्केर निकाल्ने र पानी हालेर ब्यालेन्डरमा राम्ररी पिस्ने । यसरी पिसेको मकैको लेदोमा स्वाद अनुसार नून हालेर राम्ररी चलाउने र एक साइडमा राख्ने । ननस्टिक प्यान बसालेर थोरै घ्यू हाल्ने र २ डाडु मकैको लेदो हालेर पातलो गरी फिजाउने । आगोको आचलाई मधुरो गरेर एकछिन पकाउनासाथ फर्काउने र राम्ररी दुवै साइड पाक्न दिने । एवं तवरमा सबै फ्याप्लो पकाएपछि तातो–तातो सिलम, तिल, टिमुर या आलसको छोपसँग खाने ।
नेपाली छोप अचार परापूर्वकालदेखि नै चलिआएको एक किसिमको सुक्खा अचार हो । यो फुर्सदमा बनाएर व्यस्त समयमा खाने गरिन्छ । धेरै किसिमका हाम्रा मौलिक रैथाने छोप अचारहरू अहिले लोप हुने स्थितिमा छन् ।
झुसे तिलको छोप अचार बनाउन चाहिने सामग्रीः
झुसे तिल ५०० ग्राम, नून स्वाद अनुसार, बिरे नून आधा चिया चम्चा, धनियाँको गेडा एक चिया चम्चा, जिरा दाना आधा चिया चम्चा, अफुवा ५ ग्राम, लसुन ७ ग्राम, चुक अमिलो २ चिया चम्चा, सुकेको अकबरे खुर्सानी ५ पिस ।
झुसे तिलको छोप अचार बनाउन चाहिने विधिः
सर्वप्रथम झुसे तिललाई चिसो पानीमा भिजाएर पखाल्ने र केहीबेर सुकाएर सुक्खा बनाउने । बाक्लो कराइ या हाडीमा तिललाई भुट्ने र फिजाएर चिस्याउने । माथि दिएको जिरा, धनियाँ, खुर्सानीलाई पनि एकछिन सुक्खा भाँडोमा भुट्ने र चिस्याउने । अब भुटेको मसला, खुर्सानी, अदुवा र लसुनलाई सिलाउटो, ओखल या ब्यान्डरमा पिस्ने । भुटेको तिललाई पनि सँगै हालेर फेरि पिस्ने र अन्त्यमा नून, बिरेनुन र चुक अमिलो हालेर राम्ररी मिक्स गर्ने र इएर टाइट डिब्बामा सम्हालेर रुमको तापक्रममा स्टोर गर्ने । जुन ३–६ महिनासम्म सजिलै प्रयोग गर्न सकिन्छ ।
यसरी तयार गरेर राखेको छोपलाई निकाल्ने समयमा काठको चम्चा या सुक्खा स्टिलको चम्चा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । झुसे तिलको छोप अचारजस्तै हामीले आलसको, सेतो या कालो तिलको, भाङको, सिलामको, लप्सिको, ड्राइमिटकोर मुस्ताङी टिमुरे छोप (हिमालयनसल्ट, खुर्सानी, टिमुर) पनि सहज रूपमा माथिकै रेसेपी प्रयोग गरेर बनाउन सकिन्छ ।
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...