११ असार २०८३, बिहीबार

पोस्टरमा आफ्नी पत्नीको तस्वीर नदेखेपछि मन्त्रीका छोराले कुटे कर्मचारी

असोज १०, २०७८
पोस्टरमा आफ्नी पत्नीको तस्वीर नदेखेपछि मन्त्रीका छोराले कुटे कर्मचारी

भारत उत्तरप्रदेशको गौरीबजारमा शनिवार एक कार्यक्रममा कुर्सी हानाहान भयो । एकअर्कालाई गम्भीर आरोप लगाउँदै हातपात पनि गरियो । 

यो घटना कल्याण दिवस मेला कार्यक्रमका बेला भयो । विवाद के थियो भने कार्यक्रममा जुन पोस्टर लगाइएको थियो, त्यसमा गौरीबजार विकास खण्डकी ब्लक प्रमुख अनीता निषादको तस्वीर थिएन । 

यसै विषयमा विवाद शुरू भयो र बीडीओ सञ्जयकुमार पाण्डेयसँग झगडा भयो । 

सामाजिक सञ्जालमा अहिले यसको भिडियो भाइरल भइरहेको छ । भिडियोअनुसार यो घटनामा यूपी सरकारका पशुधन तथा मत्स्य राज्यमन्त्री जयप्रकाश निषादका छोरा विश्वविजय संलग्न देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

उनले आफ्ना साथीहरूसँग मिलेर कार्यक्रममा तोडफोड गरेका थिए । पोस्टर च्यातेका थिए भने अभद्र टिप्पणी पनि गरेका थिए । 

यसबारेमा विकास खण्ड अधिकारी सञ्जयकुमार पाण्डेले मन्त्रीका छोरा दलबलसाथ आएका थिए । आफ्नी पत्नी जो ब्लक प्रमुख हुन्, उनको पोस्टरमा तस्वीर नदेखिएपछि भड्किएको उनको भनाइ छ । ‘हामीले प्रतिवाद गर्दा उल्टै पोस्टर च्यात्ने र ब्लकका अधिकारी तथा कर्मचारीलाई पिट्ने गरे,’ उनले भने । 

उनले घटनाको जानकारी प्रहरीमा दिएका छन् । प्रहरीले भने ब्लकका अधिकारी र कर्मचारीमाथि अभद्र व्यवहार भएको जनाउँदै अनुसन्धान भइरहेको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्