×

NMB BANK
NIC ASIA

चीनबाट न्यून मात्रामा कपडा आयात

यसपालिको दशैंमा पुरानै कपडा !

असोज १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दशैंको पूर्वसन्ध्यामा चीनबाट पर्याप्त मात्रामा कपडा नआउँदा उपभोक्ताहरूले ‘पुरानै’ कपडामा चित्त बुझाउनुपर्ने भएको छ । 

Muktinath Bank

चीनबाट सीमित मात्रै कपडा आयात भएकाले बजार माग धान्न व्यवसायीहरूलाई समेत धौधौ परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका कारण चीनबाट धेरै मात्रामा कपडा आयात गर्न नसक्दा व्यवसायीहरूले अहिले पुरानै मौज्दात (स्टक)मा रहेको कपडा बिक्री गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

भृकुटीमण्डपका एक कपडा व्यवसायीले भने, ‘भन्न त अहिले नयाँ नै कपडा भनेका छौँ, तर धेरै जसो केही समयअघि ल्याएर राखिएको कपडा हो ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार अहिले दशैंका लागि नयाँ कपडा चीनबाट निकै न्यून मात्र आएको छ ।

बजारमा २५ प्रतिशतमात्रै नयाँ कपडा 

अहिले बजारमा करीब २५ प्रतिशत मात्रै कपडा चीनबाट आएको छ ।

चीनबाट निकै न्यून मात्रामा मात्रै कपडा आइरहेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले लोकान्तरलाई बताए । 

उनका अनुसार अहिले विगतका आउनेभन्दा ७५ प्रतिशत कम मात्रै आयात भएको छ । अर्थात् अहिले बजारमा २५ प्रतिशतमात्रै नयाँ चिनियाँ कपडा बिक्री भइरहेको छ । 

अहिले प्रायः व्यवसायीहरूले अघिल्लो वर्ष नबिकेको कपडा बेचिरहेका छन् । 

‘अहिले व्यापार व्यवसाय चौपट छ, समयमै सामान नआएपछि व्यवसाय त गइहाल्यो,’ लोकान्तरसँग अध्यक्ष पौडेलले भने । 

कोभिड– १९ देखि नै चीनले कन्टेनरहरू कम पठाइरहेको छ । जसका कारण अहिले पनि दैनिक रूपमा ७ देखि ९ वटामात्रै कन्टेनर आइरहेको छ । 

कन्टेनर विगतको तुलनामा निकै न्यून आउँदा आवश्यक पर्ने सामानहरू नआइपुगेको अध्यक्ष पौडेल बताउँछन् । 

उनका अनुसार विगतमा चीनबाट दैनिक करीब एक सय ५० भन्दा बढी कन्टेनरमा सामान नेपाल भित्रने गरेको थियो । 

तर कोरोना शुरू भएसँगै चीनले दिनमा सामान्यतया ७ वटा कन्टेनर पठाइरहेको छ । तर कहिलेकाहीँ भने उसले ९ वटासम्म कन्टेनर पठाइरहेको अध्यक्ष पौडेलको भनाइ छ । 

मुख्य चाडपर्वमै सामान नहुँदा समस्या

विशेष गरी ग्रामीण भेगमा दशैँमा नेपालमा नयाँ कपडा लगाउने चलन अझै पनि छ । 

गाउँमा तथा शहरमा पनि प्रायले दशैंमा नयाँ कपडा किन्ने गरेका छन् । 

यसरी कपडाको माग उच्च रहने समयमा अहिले जम्मा २५ प्रतिशतमात्रै नयाँ चिनियाँ कपडा भित्रिएका छन् । 

नेपालमा चीनबाट आयात हुने कपडाको बजार हिस्सा सबैभन्दा ठूलो छ ।

अध्यक्ष पौडेलका अनुसार नेपालको करीब ७० प्रतिशत बजार चिनियाँ कपडाले ओगटेको छ । 

बाँकी ३० प्रतिशत अन्य मुलुकबाट आयात भएका र स्वदेशी उत्पादनकै कपडा प्रयोग हुँदै आएको छ । 

सामान्य अवस्थामा नेपाली बजारमा चीनबाट दशैंमा ५० प्रतिशतभन्दा बढी कपडा आयात हुने गरेको थियो । 

अध्यक्ष पौडेल भन्छन्, ‘करिब १० महिनामा ५० प्रतिशत कपडा चीनबाट आयात हुन्थ्यो । बाँकी ५० प्रतिशत दशैंतिहारमा मात्रै आयात हुन्थ्यो ।’

तर अहिले त्यो परिणाम घटेर २५ प्रतिशतमा झरेको उनको भनाइ छ । 

कन्टेनर थप्न पहल 

बजारमा मालसामानको अभाव भएसँगै सरोकारवालाहरूले कन्टेनर थपेर सहज पारिदिन चिनियाँ पक्षलाई आग्रह गरिरहेका छन् ।

हिमालय सीमापार व्यापार संघका अध्यक्ष पौडेल अहिले विभिन्न सरोकारवाला निकायलाई आफूहरूले भनिरहेको भएपनि कन्टेनरमा चीनले लचिलो नीति नलिएको सुनाउँछन् । 

उनले भने, ‘हामीले सबैसँग परामर्श गरिरहेका छौँ, सहजीकरणका लागि पहल गरिदिन भनिरहेका छौँ । तर चाडबाडको मुखमै यो काम भएको छैन ।’

उनले अहिले कन्टेनर संख्या १५ देखि २० वटासम्म बनाउन आफूहरूले पहल गरिरहेको समेत बताए ।  

आश्वासन आएको छ– रसुवा भन्सार

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले अहिले कन्टेनर संख्या बढाउन पहल भइरहेको लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार कोभिड अगाडि नेपाली कन्टेनर नै केरुङमा पुगेर सामान ल्याउँदथे । 

विगतमा दैनिक साढे २ सयभन्दा बढी कन्टेनरले सामान ल्याउने गरेकोमा अहिले सो संख्या ९ मा सीमित छ ।   

‘पहिला अढाइ सयभन्दा बढी कन्टेनरले सामान ल्याउने ठाउँमा अहिले जम्मा ७ देखि ९ कन्टेनरले सामान ल्याएको छ,’ प्रमुख कर अधिकृत रेग्मीले भने, ‘यसबाट त व्यवसायीहरूको सामान रोकिइरहेको छ भन्ने सिधै देखिन्छ ।’

अहिले यो संख्या बढाउन पहल भइरहेको समेत प्रमुख कर अधिकृत रेग्मीले बताए । 

‘अहिले परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयमार्फत पनि सहजीकरणका निम्ति पहल भइरहेको छ,’ उनले भने ।

उनका अनुसार नेपालको चाडपर्व लक्षित सामान सहज रूपमा उपलब्ध गराउनका लागि केही दिनमा नै कन्टेनर संख्या बढाउने आश्वासन चिनियाँ पक्षले दिएको छ । 

अहिले भइरहेको पहलमा बिहान र दिउँसो २ पटक गरेर १४ वटा कन्टेनर पुर्‍याउने बताइएको छ । 

‘बिहान एक शिफ्ट ७ वटा कन्टेनर पठाउने र दिउँसो पनि ७ वटा कन्टेनर पठाउन हामीले आग्रह गरेका छौँ, उताबाट पनि सकारात्मक जवाफ आएको छ,’ उनले भने ।

उनले दशैं अगाडि नै कन्टेनर थपिनेमा भने आशंका व्यक्त गरे । ‘ल्हासाबाट २/४ दिनमा नै कन्टेनर पठाउने भनिएको छ, यताउता गर्दा दशैं नसकिएला भन्न सकिन्न ।’

भन्सार विभाग भन्छ– समस्या छैन 

यता भन्सार विभागले भने अहिले चीनसँगको नाकामा समस्या नभएको जनाएको छ । 

भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले अहिले नाकामा समस्या नरहेको बताए । 

उनले तातोपानी भन्सारसम्म आउने कन्टेनरको संख्या पनि असोज ७ गतेदेखि थपिएको जानकारी दिए । 

सूचना अधिकारी समेत रहेका खड्काले भने, ‘तातोपानी नाकामा पहिला १० वटा मात्रै कन्टेनर आउने गरेको थियो । तर अहिले ३० वटा कन्टेनर आउने गरी सहमति भएको छ ।’

यस्तै रसुवागढीतर्फ पनि गाडीहरू थप्नका लागि उनीहरू सकारात्मक रहेको पाइएको उनले बताए । 

उनले भने, ‘पछिल्ला दिनहरूमा चीनबाट आयात हुने सामान कन्टेनर अभावमा रोकिएको जस्तो लाग्दैन, अहिले समस्या छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x