११ असार २०८३, बिहीबार

भारतमा गाईले जन्मायो अनौठो बाच्छो, दुर्गाको अवतार भन्दै स्थानीयले गरे पूजा [भिडियो]

असोज २७, २०७८
भारतमा गाईले जन्मायो अनौठो बाच्छो, दुर्गाको अवतार भन्दै स्थानीयले गरे पूजा [भिडियो]

 भारतको ओडिशास्थित नवरंगपुरमा नवरात्रिको समयमा एक गाईले दुईवटा टाउको भएको बाच्छो जन्माएको छ । सो बाच्छोको २ टाउको र ३ वटा आँखा रहेको बताइएको छ । 

सो बाच्छोलाई स्थानीयले भगवान दुर्गाको अवतार भन्दै पूजा गरेका छन् ।

नवरंगपुरको बीजापुर गाउँमा किसा धनीरामले पालेको गाईले २ टाउको र ३ आँखा भएको बाच्छो जन्माएको हो । 

सो बाच्छोलाई आफ्नो आमाको दुध पिउन गाह्रो भएको धनीरामले इण्डिया टुडेलाई बताएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका  छन् । 

अहिले सो बाच्छोलाई बाहिरबाट दुध किनेर लगेर खुवाइएको बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्