१२ असार २०८३, शुक्रबार

लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कसैले छेडखानी गरे प्रतिरोध हुन्छ : अमरेश कुमार सिंह

असार ११, २०८३
काठमाडौं
लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कसैले छेडखानी गरे प्रतिरोध हुन्छ : अमरेश कुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको छेडखानी भए जनताले सशक्त प्रतिरोध गर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक व्यवस्था र सङ्घीय प्रणालीको पक्षमा आफ्नो धारणा राखेका हुन्।

'जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु, नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्,' सिंहले उल्लेख गरेका छन्। उनले जनताले सुशासन र समृद्धिको अपेक्षा गरेको भन्दै आफूहरू हरेक कदममा जनताको पक्षमा रहने बताएका छन्।

रास्वपाको चितवनमा जारी महाधिवेशनमा पार्टीले संघीयताको विषयमा विवादास्पद प्रतिवेदन ल्याइएपछि अमरेशले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सभापति लामिछानेले प्रस्तुत गरेको ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’मा प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचनाको पक्षमा पार्टी रहेको उल्लेख छ।

त्यस्तै, डा. वाग्लेले प्रस्तुत गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ–राजनीतिक प्रस्ताव’मा प्रदेश सभाको संरचनासहित सङ्घीय व्यवस्थाको पुनर्संरचना गर्नुपर्ने धारणा राखिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्