महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

महोत्तरीको दुई स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।


Advertisement

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।


Advertisement

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुरज तामाङ रहेको प्रहरीले जनाएको छ । महतो सवार भई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२प ०५९७ नम्बरको मोटरसाइकल गएराति करिब ९ बजे विपरीत दिशाबाट बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुरज तामाङ र २२ वर्षीय सोनु सिंह सवार ज.१२ प.२९६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो । 

महतोको उपचारका क्रममा बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको उपचारकै क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा गएराति नै मृत्यु भएको हो । 


Advertisement

सोही घटनामा सोनु सिंह गम्भीर घाइते भई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर लगिएको र अहिले थप उपचारका लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्