×

NMB BANK
NIC ASIA

मध्यान्ह १२ बजे त्रिभुवन विमानस्थलबाहिर चहलपहल बढ्दै थियो । कोही पीसीआर रिपोर्टमा छाप हान्न लाइनमा थिए भने कोही विमान चढ्ने तयारीमा । 

Muktinath Bank

यात्रुहरू रातो टीकाले निधार रंग्याएका थिए भने काँधमा खादा र माला । ‘दशैंको मुखमा विदेशिनु पर्दा नराम्रो त लागिहाल्छ नि,’ प्रतीक्षा संग्रौलाले लोकान्तरसँग भनिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतीक्षा र उनका दाइ पर्ने पुस्कर भण्डारी पढ्नका लागि लण्डन जाँदै रहेछन् । छोरीलाई विमानस्थलसम्म पुर्‍याउन आएकी प्रतीक्षाकी आमाले टीकाको मुखमै बिदाइ गर्नुपर्दा दुःख लागेको सुनाइन् । ‘जति दुःख लागे पनि पठाउनै पर्‍यो,’ उनले भनिन् । 


Advertisment
Nabil box
Kumari

प्रतीक्षासँगै लण्डन जान लागेका पुष्करले चाडबाडका बेला देश छाड्दा दुःख लागे पनि आफ्नो करिअरका लागि विदेश जान पाउँदा खुशी लागेको बताए । 

Vianet communication
Laxmi Bank

यस्तै कास्की घर बताउने एक यात्रु बेरोजगार भएर धेरै बस्न नसक्ने भएपछि विदेश जान थालेको बताए । ‘कम्पनीको साहूलाई दशैंपछिको टिकट काट्न भनेको थिएँ,’ उनले भने, ‘तर टिकट अगाडि नै भएकाले जानै पर्ने अवस्था आयो ।’

बाँकेका पदमबहादुर बुढाले पनि घरपरिवारसँग दशैं मनाउन नपाएको ६ वर्ष भएको बताए । यसपालि भने उनले दशैं मनाउन पाउने आश गरेका थिए । ‘यसपालि पनि यस्तै भयो, धेरै नमज्जा लागिरहेको छ,’ उनले भने, ‘अब अर्को वर्ष राम्रैसँग मनाउँला ।’

हिन्दू नेपालीहरूको महान चाड दशैंका बेला घरबाहिर रहेका मानिसहरू घर फिर्छन् । तर, केही युवाहरू दशैंको मुखमै भए पनि विदेशिनु परेको छ । 

आफ्नो करिअर होस् वा वैदेशिक रोजगारीका लागि दिनहुँ नेपाली युवाहरू देश छाड्नुपर्ने बाध्यता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x