जेठ ५, २०७९
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले थप एक स्थानीय तहमा जित हासिल गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले मेयर पदमा जित हासिल गरेका हुन् । उनले एमालेका महादेव पोख्रेललाई हराउँदै...
काठमाडाैं | कात्तिक १, २०७८
थापाथलीस्थित प्रसुती गृहको सुत्केरी कक्षमा आइतवार पुग्दा अन्दाजी २०/२२ वर्षकी एक महिला श्रीमानको सहारामा विस्तारै शौचालयतर्फ जाँदै थिइन् ।
बेडमा अर्की एक महिलाले दुई दिनअघि जन्मिएकी नवजात शिशुलाई स्याहारसुसार गरिरहेकी थिइन् । उनी ती बालिकाकी फुपू रहिछन् ।
'यिनी मेरी भदैनी हुन्, टीकाको दिन जन्मिएकी,' ती महिलाले भनिन् ।
घर खोटाङ र गौशालामा डेरा गरेर बस्दै आएको उनले सुनाइन् । टीकाकै दिन भदैनी जन्मिँदा उनी निकै खुशी छिन् ।
'भदैनी टीकाको साइतमै जन्मिँदा आनन्द लागेको छ । दुई दिन अगाडिदेखि अस्पताल आएका थियौं । पहिला त नर्मल डेलिभरी हुने सोचेका थियौं, तर बच्चाले पेटभित्र आची गरेको भनी डाक्टरहरूले भने अनि एक्कासि सिजर गर्नुपर्यो ।'
आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको भन्दै उनले खुशी प्रकट गरिन् ।
नवजात शिशुका बुवा नितेश राईले बच्चाले पेटभित्र आची गर्यो भनेर डाक्टरले भनेपछि निकै डर लागेको, तर अपरेशन सफल भएर छोरीलाई पहिलोपटक देख्दा निकै आनन्द लागेको सुनाए ।
'अप्रेसन सफल भएर छोरीलाई पहिलोचोटि देख्दा सबै डर भाग्यो र आनन्द आयो,' उनले भने ।
सँगै रहेकी दिदीले थपिन्, 'पहिलो फोन आमालाई गरें । टीका लगाउँदै हुनुहुँदोरहेछ ।'
डिस्चार्ज भएपछि केही दिन काठमाडौं बसेर गाउँ जाने योजनामा उनीहरू छन् ।
****
धादिङका राजकुमार घर्ती पनि टीकाकै दिन बुवा बने ।
थापाथलीस्थित परोपकार प्रसुती गृहमा टीकाको दिन उनको छोराको जन्म भयो ।
डाक्टरले क्रिटिकल अवस्था छ भनेपछि डराएका उनले छोराको अनुहार देख्दा निकै आनन्द महशुस भएको सुनाए ।
'छोराको अनुहार देखेपछि मेरो सबै डर चिन्ता हरायो । उसको अनुहार हेरेरै बसेँ । अनि फोटो खिचेर सामाजिक सञ्जालमा पनि राखें,' उनले भने, 'त्यसपछि साथीभाइ, इष्टमित्र सबैको फोन आउन थाल्यो । बधाईको ओइरो लाग्यो । टीकाकै दिन छोरो जन्मिएकोमा निकै खुशी लागेको छ ।'
****
सँगैको बेडमा रहेकी अर्की एक महिलाले पनि आफ्नो छोरा टीकाकै दिन जन्मिएको सुनाइन् ।
'टीकाकै दिन छोरो जन्मिँदा निकै खुशी लागेको छ । यो मेरो दोस्रो सन्तान हो,' उनले थपिन्, 'आमाको माया नै पाइनँ, सानैमा बित्नुभयो । अब यही दुई सन्तानलाई आमाको माया दिएर हुर्काउँछु ।'
सिन्धुपाल्चोक घर भएकी उनले हाल काठमाडौं बस्दै आएको सुनाइन् ।
दोस्रोपटक आमा बनेकोमा खुशी भएपनि उनको शरीरमा भने अझै पीडा छ ।
'दुई-दुईपटक अपरेशन गरेकाले शरीरलाई धेरै नै गाह्रो भएको छ,' उनले सुनाइन् ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले थप एक स्थानीय तहमा जित हासिल गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले मेयर पदमा जित हासिल गरेका हुन् । उनले एमालेका महादेव पोख्रेललाई हराउँदै...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । बिहीवार बिहान साढे ४ बजेको अपडेट अनुसार दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् । उनका निकटतम प्र...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले २१ हजार मत कटाउँदा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार मत कटाएका छन् । बिहीबार बिहान प्राप्त मतगणनाअनुसार शाहले २१ हजार २२९ मत...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । बिहीवार बिहान साढे २ बजेको अपडेट अनुसार दाहालले १३ हजार ९४३ मत ल्याएकी छन् । उनका निकटतम प्र...
भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालले अग्रता कायमै बनाएकी छन् । बिहीबार रातिको अध्यावधिक विवरणअनुसार मेयर पदमा एमालेका बिजय सुवेदीले १४५८४ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले १७९१० मत पाएर अ...
कास्कीको पोखरा महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीवार रातिसम्मको मतगणनामा नेकपा एसका धनराज आचार्यले २४ हजार ३२ भोट सहित अग्रता लिइरहेका छन् । सुरुवात...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...