२१ असार २०८३, आइतबार

किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने

कात्तिक ७, २०७८
किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने

किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले बताएका छन् । 

‘हामीसँग कान्ट शहरमा रुसी बेस छ। हामीलाई देशमा अमेरिकी सैन्य आधार चाहिँदैन । हाम्रो लागि एउटा सैन्य आधार पर्याप्त छ,’ राष्ट्रपति झापारोभले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भने, ‘संयुक्त राज्य अमेरिका सैन्य अड्डासम्बन्धी सम्झौता धेरै वर्ष पहिले नै समाप्त भयो ।’

संयुक्त राज्य अमेरिका र यसको उत्तर एट्लान्टिक सन्धि संगठनका सहयोगीहरूले आतङ्कवादसँग लड्ने नाममा सन् २००१ मा मानस अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अड्डा खोलेका थिए र सन् २०१४ मा सम्झौताको म्याद सकिएपछि बन्द गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्