२२ असार २०८३, सोमबार

नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

कात्तिक १७, २०७८
नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।

महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले मङ्गलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) को अवसरमा एक समारोहका बीच उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको थियो ।

    सो अवार्डका लागि नोमिनेशन भएका नौवटा मुलुकलाई उछिन्दै नेपालले अवार्ड पाएको हो । पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छवटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्लुटिएममा सहभागी भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्