२७ जेठ २०८३, बुधबार
परिकार

जाडोमा लोकप्रिय तराईको लोक परिकार ‘बगेडी’

मंसिर ४, २०७८
जाडोमा लोकप्रिय तराईको लोक परिकार ‘बगेडी’

बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ ।

विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ ।

बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ, टर्की, लौकट, परेवा, मलेवा, ढुकुर, अस्ट्रिच चाखिसकेका राजधानीवासीले पछिल्लो समय बगेडीको स्वाद चाख्न पाउने भएका छन् । 

राजधानीका विशेष रेस्टुराँहरूमा बगेडी परिकार पाउन थालिएको छ ।

भँगेरा एक किसिमको चरो हो । यसले विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ । भूकम्पपछि धेरै जिल्लाहरूमा भँगेरा लोप भएर बसाइसरि तराईतिर झरेका छन् । 

व्यावसायिक रूपमा भँगेराको फार्म शुरू नभए तापनि तराईबाट संकलन गरी राजधानीको भित्रिन्छन् ।

बगेडी कसरी बनाइन्छ ?

बगेडी खास गरेर सुप बनाइ खान उत्तम मानिन्छ । जाडो महिनामा बगेडी धेरैले रुचाउँछन् । तोरीको तेलमा प्याज, गरम मसला, पुराइ भगेराको मासुलाई भुटेर अन्य नेपाली मसला, अदुवा, लसुन हाली भुटीभुटी झोल हालेर तिक्खर सुप बनाइ खान सकिन्छ । 

लोकल कुखुराको मासु जसरी पकाएर थाली सेटमा पनि खान बगेडी उत्तम नै हुन्छ । 
भँगेराको प्रजाति बगेडीको तन्दुरी, रोस्ट, सेकुवा, सादेको, छोइला, करी जसरी खाए तापनि स्वादिष्ट मानिन्छ । बगेडी सहज पाउन मुस्किल हुने हुँदा एक दुर्लभ परिकार मानिन्छ । 

तराईको कटिया जसरी राजधानीमा लोकप्रिय भयो, त्यसरी नै बगेडी पनि दिनानुदिन सबैले मन पराउन थालेका छन् । बगेडी व्यावसायिक रूपमा नियमित पस्कन नसके तापनि जाडो महिनामा यसको चर्चा निकै हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्