चैत २६, २०७८
जोगी भातको पौराणिकता धेरैलाई थाहा नहुन सक्छ । यो परिकार नेपालको मौलिक र परापूर्वकालदेखिको लोक खाना हो । जोगी भात सामान्यतया चामल, दाल, सब्जी, घ्यु, बेसार आदि इत्यादि मिसाएर पकाइन्छ । नेपालको प्राय...
बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ ।
विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ ।
बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ, टर्की, लौकट, परेवा, मलेवा, ढुकुर, अस्ट्रिच चाखिसकेका राजधानीवासीले पछिल्लो समय बगेडीको स्वाद चाख्न पाउने भएका छन् ।
राजधानीका विशेष रेस्टुराँहरूमा बगेडी परिकार पाउन थालिएको छ ।
भँगेरा एक किसिमको चरो हो । यसले विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ । भूकम्पपछि धेरै जिल्लाहरूमा भँगेरा लोप भएर बसाइसरि तराईतिर झरेका छन् ।
व्यावसायिक रूपमा भँगेराको फार्म शुरू नभए तापनि तराईबाट संकलन गरी राजधानीको भित्रिन्छन् ।
बगेडी कसरी बनाइन्छ ?
बगेडी खास गरेर सुप बनाइ खान उत्तम मानिन्छ । जाडो महिनामा बगेडी धेरैले रुचाउँछन् । तोरीको तेलमा प्याज, गरम मसला, पुराइ भगेराको मासुलाई भुटेर अन्य नेपाली मसला, अदुवा, लसुन हाली भुटीभुटी झोल हालेर तिक्खर सुप बनाइ खान सकिन्छ ।
लोकल कुखुराको मासु जसरी पकाएर थाली सेटमा पनि खान बगेडी उत्तम नै हुन्छ ।
भँगेराको प्रजाति बगेडीको तन्दुरी, रोस्ट, सेकुवा, सादेको, छोइला, करी जसरी खाए तापनि स्वादिष्ट मानिन्छ । बगेडी सहज पाउन मुस्किल हुने हुँदा एक दुर्लभ परिकार मानिन्छ ।
तराईको कटिया जसरी राजधानीमा लोकप्रिय भयो, त्यसरी नै बगेडी पनि दिनानुदिन सबैले मन पराउन थालेका छन् । बगेडी व्यावसायिक रूपमा नियमित पस्कन नसके तापनि जाडो महिनामा यसको चर्चा निकै हुन्छ ।
जोगी भातको पौराणिकता धेरैलाई थाहा नहुन सक्छ । यो परिकार नेपालको मौलिक र परापूर्वकालदेखिको लोक खाना हो । जोगी भात सामान्यतया चामल, दाल, सब्जी, घ्यु, बेसार आदि इत्यादि मिसाएर पकाइन्छ । नेपालको प्राय...
पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या ...
मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु ह...
बर्दियाको बँदेल सबैको प्रिय परिकार मानिन्छ । बर्दियाको बँदेलको स्वाद नै फरक हुने हुँदा धेरैको रोजाइमा पर्छ । राणा तथा राजकीय भोजनमा बँदेल नहुँदा अधुरो मानिने हुँदा अनिवार्य रूपमा समावेश गरिएको हुन्छ । ...
नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि । भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुर...
यो एउटा यस्तो घटनाको विवरण हो, जसले नेपालको सरकारी अस्पताल कति गैरजिम्मेवार र लापरवाह छ भन्ने तथ्य बताउँछ । अस्पताल त्यस्तो ठाउँ हो जहाँ बिरामीहरू जीवनदानको अपेक्षाले पुग्छन् । डाक्टरको साथमा पुग्दा भगवानको काख...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...