०९ साउन २०८३, शनिबार

इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु

मंसिर ८, २०७८
इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु
फाइल तस्वीर।

मध्य सिरियामा बुधवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । 

यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरू रहेको आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । 

इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । ६ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ । 

आक्रमण देशको मध्य भागका स्थानहरूलाई लक्षित गरी गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन । सिरियाको हवाई सैन्य बलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको सानाले समाचार समितिले जनाएको छ । 

सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध शुरू भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरू गरेको छ ।  सरकारी स्थानहरू साथै इरान समर्थित सेनाहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ  । 

इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्