जेठ ९, २०७९
राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बसेको छ । बैठकमा अध्यक्ष कमल थापाले ‘पार्टीको भावी कार्य दिशा र कार्यक्रम’सम्बन्धी प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा थ...
चितवन | मंसिर १४, २०७८
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता भीम रावलको नाम उम्मेदवारको सूचीमा केन्द्रीय सदस्यमा समेत भेटिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले बिहान ४ बजेपछि मतदान शुरू गर्दा उम्मेदवार रावलले विद्युतीय मशिनमा मतदान गरेका छन् तर उनले आफ्नो नाम अध्यक्ष र केन्द्रीय सदस्य दुवैतिर भेट्टाएपछि अनौठो मानेका छन् ।
मतदान गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएकोमा केन्द्रीय सदस्यमा नाम आउनु गलत भएको प्रतिक्रिया दिए ।
लोकान्तरसँग कुराकानी गर्दै उम्मेदवार रावलले आफूले केन्द्रीय सदस्य पद स्वीकार नगर्ने बताए ।
पढ्नुहोस् रावलसँग गरिएको संक्षिप्त कुराकानी –
तपाईंको नाम केन्द्रीय सदस्यमा पनि भएको कुरा के हो ?
– पहिला पनि यो कुराको विवाद आएको हो, सातौं महाधिवेशनमा सदस्यमा हालेको थिएन, नहालेको कुरामा शपथ गर्दैन भन्दा अनावश्यक विवाद गरिरहेका छन् । यसपटक मैले निर्वाचन आयोगमा गएर स्पष्ट शब्दमा मेरो उम्मेदवारी सदस्यमा होइन, अध्यक्षमा मात्रै हो भनेको थिएँ । अहिले मेरो नाम अध्यक्षमा पनि छ, तल सदस्यमा पनि राख्या छन् क्या ! सदस्यमा राख्नुको तात्पर्य के हुन्छ भने, मैले सदस्यमा हालेकै छैन, म भोलि अध्यक्षमा हारेर सदस्यमा बढी मत आयो भने अनि मलाई शपथ लिएन सदस्यमा निर्वाचित भएर भन्ने हल्ला मच्चाउँछन् क्या । मैले अहिले नै स्पष्ट पारिदिएँ, निर्वाचन आयोगलाई प्रस्ट पारिदिएको छु – मैले अध्यक्षमा मात्रै भरेको छु । यति गर्दागर्दै पनि मेरो नाम सदस्यमा पनि रहेछ । म भोलि जितेपनि शपथ लिने कुरा, सदस्य हुने कुरा छैन ।
अध्यक्षको उम्मेदवार भएपछि केन्द्रीय सदस्यको उम्मेदवार स्वतः भएको मानिन्छ नि होइन ?
– होइन, मलाई निर्वाचन आयोगको प्रमुख के भन्नुभएको थियो भने – जे भर्यो, दुइटैमा टिक लगायो भने मात्रै दुइटामा भरिन्छ, होइन भने भरिँदैन भन्नुभएको थियो । अहिले मशिनमा मैले तल सदस्यको पनि देखें । मैले समयमै स्पष्ट पारिराख्नुपर्यो नि ! पछि शपथ लिन मानेन भनेर हल्ला मच्चाउँछन्, पार्टीको निर्णय मानेन भन्छन् । सदस्यमा मेरो नाम आयो भने म शपथ लिन्न, उम्मेदवारी नदिएको कुरा किन स्वीकार गर्छु ?
तपाईंको अध्यक्षमा अलिकति कम मत आयो र केन्द्रीय सदस्यमा बढी मत आयो भने केन्द्रीय सदस्य रहनुहुन्छ कि हुन्न ?
– म अध्यक्षबाहेक अरु पद बस्दैन । मैले पहिले नै भनेर फर्ममा पनि अध्यक्षमा मात्रै भरेको छु । अध्यक्षमा उठ्या मान्छे केन्द्रीय सदस्य किन रहने ? मत खसाल्न जाँदा केन्द्रीय सदस्यमा पनि नाम देखें । गल्तीले मेरो नाम हालेर आयो भने पनि स्वीकार गर्दैन, मैले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएको छु ।
निर्वाचन आयोगले सच्याउँछु भन्या छ ?
– मैले पछि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छु । उहाँहरूले सबैको यस्तै भयो, तपाईंको पनि भयो भन्नुभयो तर अहिले भनेर मेरो नाम आयो भने पनि मैले त पहिले नै स्पष्ट पारिसकेको छु – अध्यक्ष पदमा जित्यो भने अध्यक्ष भएर म यो पार्टीमा काम गर्छु, मैले सदस्य पदमा दिएको पनि होइन, केन्द्रीय सदस्य स्वीकार गर्ने, शपथ लिने कुरा हुँदैन ।
राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बसेको छ । बैठकमा अध्यक्ष कमल थापाले ‘पार्टीको भावी कार्य दिशा र कार्यक्रम’सम्बन्धी प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा थ...
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । ५२ हजार ४३६ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले २२ हजार २१४ मतसहित अग्रता कायम गरेका छन् । कांग्रेसका गेहेन्द्र गिरी...
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ । स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...
इन्धनमा भएको मूल्यवृद्धिको सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले पटक–पटक भएको मूल्यवृद्धिले जनता आक्रान्त भएको बताएका हुन् । एमाल...
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ५० हजार भोट कटाएका छन् । सोमवार दिउँसोसम्मको गणनामा आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेक...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ । सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन्...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...