×

NMB BANK
NIC ASIA

एमाले अध्यक्षमा चुनाव हारे भने केन्द्रीय सदस्य पनि बस्दिनँ : भीम रावल

मंसिर १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीमबहादुर रावलले अध्यक्ष पदमा चुनाव हारेमा केन्द्रीय सदस्य पनि नबस्ने बताएका छन् ।

Muktinath Bank

अध्यक्ष पदमा उम्मेदवारी हुँदाहुँदै विद्युतीय मतदान मशिनमा केन्द्री सदस्यमा पनि नाम भेटिएपछि लोकान्तरसँग कुराकानी गर्दै रावलले उम्मेदवारी नै नदिएको केन्द्रीय सदस्यमा बस्ने र शपथ खाने कुरै नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले उम्मेदवारी नै नदिएको केन्द्रीय सदस्यमा नाम समावेश भएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।


Advertisment
Nabil box
Kumari

पढ्नुहोस् उम्मेदवार रावलसँग गरिएको कुराकानी –

Vianet communication
Laxmi Bank

तपाईंको नाम केन्द्रीय सदस्यमा पनि भएको कुरा के हो ? 

– पहिला पनि यो कुराको विवाद आएको हो, सातौं महाधिवेशनमा सदस्यमा हालेको थिएन, नहालेको कुरामा शपथ गर्दैन भन्दा अनावश्यक विवाद गरिरहेका छन् । यसपटक मैले निर्वाचन आयोगमा गएर स्पष्ट शब्दमा मेरो उम्मेदवारी सदस्यमा होइन, अध्यक्षमा मात्रै हो भनेको थिएँ । अहिले मेरो नाम अध्यक्षमा पनि छ, तल सदस्यमा पनि राख्या छन् क्या ! सदस्यमा राख्नुको तात्पर्य के हुन्छ भने, मैले सदस्यमा हालेकै छैन, म भोलि अध्यक्षमा हारेर सदस्यमा बढी मत आयो भने अनि मलाई शपथ लिएन सदस्यमा निर्वाचित भएर भन्ने हल्ला मच्चाउँछन् क्या । मैले अहिले नै स्पष्ट पारिदिएँ, निर्वाचन आयोगलाई प्रस्ट पारिदिएको छु – मैले अध्यक्षमा मात्रै भरेको छु । यति गर्दागर्दै पनि मेरो नाम सदस्यमा पनि रहेछ । म भोलि जितेपनि शपथ लिने कुरा, सदस्य हुने कुरा छैन ।

अध्यक्षको उम्मेदवार भएपछि केन्द्रीय सदस्यको उम्मेदवार स्वतः भएको मानिन्छ नि होइन ? 

– होइन, मलाई निर्वाचन आयोगको प्रमुख के भन्नुभएको थियो भने – जे भर्‍यो, दुइटैमा टिक लगायो भने मात्रै दुइटामा भरिन्छ, होइन भने भरिँदैन भन्नुभएको थियो । अहिले मशिनमा मैले तल सदस्यको पनि देखें । मैले समयमै स्पष्ट पारिराख्नुपर्‍यो नि ! पछि शपथ लिन मानेन भनेर हल्ला मच्चाउँछन्, पार्टीको निर्णय मानेन भन्छन् । सदस्यमा मेरो नाम आयो भने म शपथ लिन्न, उम्मेदवारी नदिएको कुरा किन स्वीकार गर्छु ? 

तपाईंको अध्यक्षमा अलिकति कम मत आयो र केन्द्रीय सदस्यमा बढी मत आयो भने केन्द्रीय सदस्य रहनुहुन्छ कि हुन्न ?

– म अध्यक्षबाहेक अरु पद बस्दैन । मैले पहिले नै भनेर फर्ममा पनि अध्यक्षमा मात्रै भरेको छु । अध्यक्षमा उठ्या मान्छे केन्द्रीय सदस्य किन रहने ? मत खसाल्न जाँदा केन्द्रीय सदस्यमा पनि नाम देखें । गल्तीले मेरो नाम हालेर आयो भने पनि स्वीकार गर्दैन, मैले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएको छु ।

निर्वाचन आयोगले सच्याउँछु भन्या छ ?

– मैले पछि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छु । उहाँहरूले सबैको यस्तै भयो, तपाईंको पनि भयो भन्नुभयो तर अहिले भनेर मेरो नाम आयो भने पनि मैले त पहिले नै स्पष्ट पारिसकेको छु – अध्यक्ष पदमा जित्यो भने अध्यक्ष भएर म यो पार्टीमा काम गर्छु, मैले सदस्य पदमा दिएको पनि होइन, केन्द्रीय सदस्य स्वीकार गर्ने, शपथ लिने कुरा हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x