१० साउन २०८३, आइतबार

अस्पताल जाँदै गर्दा ट्राफिक जाममा परेपछि विद्युतीय कारमै बच्चा जन्माइन् यी महिलाले

मंसिर २१, २०७८
अस्पताल जाँदै गर्दा ट्राफिक जाममा परेपछि विद्युतीय कारमै बच्चा जन्माइन् यी महिलाले

अमेरिकाको म्यानह्याटनमा एक महिलाले ट्राफिक जाममा फसेको टेस्ला विद्युतीय कारमै आइतवार बच्चा जन्माएकी छन् ।

अस्पताल जाँदै गर्दा ट्राफिक जामका कारण कार अड्किएपछि महिलाले त्यहीँ बच्चा जन्माएकी हुन् । 

कालो रंगको एक्स मोडलको विद्युतीय कारको पखेटा जस्तो ढोका भएकाले त्यसबाट झरी ती महिला र नवजात शिशुलाई म्यानह्याटनको गार्मेन्ट डिस्ट्रिक्टमा रहेको गुड्ने स्ट्रेचर (गर्नी)मा बस्न सजिलो भयो । 

कारमा बसिरहेकी महिलालाई स्वास्थ्यकर्मीहरूले टेस्लाबाट निकालेर गर्नीमा राखेका थिए । 

पछि महिला र नवजात शिशुलाई न्युयोर्कको अस्पताल लगिएको थियो र दुवैको अवस्था सामान्य रहेको प्रहरीले बतायो । उनीहरूको नाम सार्वजनिक गरिएको छैन । 

त्यो टेस्ला कारको मूल्य १ लाख ५ हजार डलर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्