×

NIC ASIA

सन्दर्भ : कांग्रेस महाधिवेशन

तिक्ततापूर्ण सम्बन्ध रहेका कम्युनिस्ट नेता ओली, प्रचण्ड र माधवले कांग्रेसको मञ्च शेयर गर्ने

मंसिर २३, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

एउटै पार्टी विभक्त भएर तीन टुक्रा भएपछि एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने अवस्थामा पुगेका तीन कम्युनिष्ट पार्टीका नेताको भेट कांग्रेसको मञ्चमा हुने भएको छ ।

कांग्रेसले शुक्रबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा १४ औं महाधिवेशन उद्घाटन गर्दैछ । सोही उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपाल एउटै मञ्चमा उपस्थित हुने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार यी तीनै जना नेताले कार्यक्रममा आउने निश्चित गरेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । उक्त नेकपा २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किए । 

Vianet communication

त्यसपछि एमाले पनि सग्लो रहेन । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल गत भदौमा नयाँ पार्टी दर्ता गरेर एमालेबाट विभाजित भए । 

ओली र प्रचण्ड गत पुस ५ यता आमनेसामुन्ने भएका छैनन् । उनीहरू सार्वजनिक मञ्चमा एक अर्काविरूद्ध खनिने गरेका छन् । एकले अर्काको उछितो काढ्छन् । एकले अर्को पार्टीको अस्तित्व नै अस्वीकार गर्ने तहको व्यवहार गर्दै आएका छन् । 

नेकपा एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको देखभेट नभएको पनि करीब साढे चार महिना भयो । एमालेको आन्तरिक विवाद समाधान गर्नका लागि भनेर असार २३ मा होटल मेरियटमा ओली र नेपालको लामो संवाद भएको थियो । त्यसयता उनीहरू आमुन्ने सामुन्ने भएका छैनन् ।

नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका छन् । नेपाललाई ओलीले देशद्रोही, आन्दोलनविरोधी आदि आरोप लगाएका छन् । त्यतिमात्रै होइन, माधव नेपालहरू सहभागी भएको संसद् बैठक समेत चल्न नदिने घोषणा ओलीले गरेका छन् । 

उनीहरूबीच देशव्यापी रूपमा तिक्तता र आक्रोश छ । अर्कातर्फ, एकले अर्काको कार्यकर्ता तानातान गरिरहेका छन् । ओलीले त माधव नेपाल र उनको पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा नै दर्ता गरेका छन् ।

नेकपा एमालेले मंसिर १० देखि १४ सम्म आयोजना गरेको दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा माधव नेपाल र उनको पार्टीलाई निमन्त्रणा समेत दिएन । 

‘अपवित्र सम्बन्ध’बाट बनेको र राजनीति पार्टीको हैसियत नै नभएको टिप्पणी गरेर निमन्त्रणा नदिएको एमालेका नेताहरूले बताएका थिए । 

एमालेले महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका शीर्ष नेतालाई भने बोलाएर बोल्न दिएको थियो ।

प्रचण्ड र नेपाल ओलीसँग छुट्टिएपछि उनीहरूले कांग्रेससँग मिलेर गठबन्धन बनाएका छन् । त्यसमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि संलग्न छ । 

सत्ता सहयात्री दलको महाधिवेशन भएका कारण प्रचण्ड, नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।

तर, ओलीसँग प्रचण्ड र नेपालले तिक्ततापूर्ण सम्बन्धको अवस्थामा उनीहरूले नै ‘दक्षिणपन्थी धार’को भनेर आरोप लगाउने कांग्रेसको मञ्च शेयर गरेर के भाषण गर्लान् भन्ने राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x