२३ असार २०८३, मंगलबार

कर्णालीका ९ जिल्लामा मोडेर्ना खोप लगाइँदै

पुस ४, २०७८
कर्णालीका ९ जिल्लामा मोडेर्ना खोप लगाइँदै
सांकेतिक तस्वीर।

सुर्खेतबाहेक कर्णालीका ९ जिल्लाका बालबालिकालाई आइतवारदेखि कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउन थालिएको छ । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । 

कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोडेर्ना खोपको पहिलो मात्रा दिन थालिएको हो । 

निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडेर्ना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । 

सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्