१३ असार २०८३, शनिबार

अनौठो अस्पताल : बिरामी पतिको जाँच गराउन गएकी पत्नीको घुँडामा शल्यक्रिया !

पुस ७, २०७८
अनौठो अस्पताल : बिरामी पतिको जाँच गराउन गएकी पत्नीको घुँडामा शल्यक्रिया !
प्रतिकात्मक तस्वीर

डाक्टरलाई भगवान् र अस्पताललाई मन्दिरको रूपमा मानिन्छ तर कतिपय अस्पताल र डाक्टर पैसा कमाउन आपराधिक हर्कत समेत गर्छन् ।

भारतको राजस्थानस्थित जयपुरको रजत अस्पतालले सरकारी चिरञ्जीवी बीमा योजनाअन्तर्गत पैसा कुम्ल्याउन बिरामी नै नभएका व्यक्तिको शल्यक्रिया गर्ने गरेको खुलासा भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पतिको पत्थरीको जाँच गराउन अस्पताल पुगेकी ३५ वर्षीया परमेश्वरीको घुँडामा विना कारण शल्यक्रिया गरिएको आरोप छ । पतिको जाँच गर्नुपर्नेमा अस्पतालले जबरजस्ती पत्नीको सुमेत एमआरआई गराएर घुँडाको शल्यक्रिया गरेको बताइएको छ ।

यस्तै, ७० वर्षीया भंवरीदेवीको श्वासप्रश्वासमा समस्या थियो । तर अस्पतालले घुँडाको शल्यक्रिया गरिदियो । बिरामीले घुँडामा शल्यक्रिया नगर्न आग्रह गरिन्, रोइन्, चिच्याइन् तर डाक्टरले हारगुहार सुनेनन् । बरु बीमा योजनाको कागजमा औंठाछाप लगाएर सरकारी पैसा कुम्ल्याउने योजना सफल पार्‍यो ।

यस घटनामा जयपुरका मुख्य चिकित्साधिकारी नरोत्तम शर्माले ३ डाक्टरको टीम बनाएर छानबिन भइरहेको जानकारी दिए । राजस्थान सरकारका मन्त्री प्रतापसिंह खाचारियावासले घटनामा उजुरी दर्ता भइसकेको र छानबिन भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्