०५ साउन २०८३, मंगलबार

भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै गगन थापाले भने- बालबालिकालाई समाजसँग जोड्नुपर्छ

भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै गगन थापाले भने- बालबालिकालाई समाजसँग जोड्नुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्नुपर्ने बताएका छन् । 

सोमवार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् । 

उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरूको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरू गरेको बताए । 

‘कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाहरूको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरू गरेको हो,’ उनले भने, ‘समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरू गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा शुरू हुनेछ । उक्त जिल्लाहरूमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरूको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रवृत्ति रकम उपलब्ध गराउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्