
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफलका लागि माओवादी केन्द्रले २५ वटा समूह बनाएको छ ।
सोमवारको बन्दसत्रबाट राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाइएको हो । प्रचण्डको प्रतिवेदनमाथि मंगलवार सामूहिक छलफल गर्ने र बुधवार बन्दसत्रमा छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ ।
छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ ।
सोमवारको बैठकमा प्रतिवेदन पेश गर्दै प्रचण्डले समाजवादी क्रान्तिको लागि नयाँ विचार निर्माण गर्नुपर्ने बताएका थिए ।
शान्ति प्रक्रियामा आएपछि वैचारिक र सांगठानिक रुपमा पार्टी कमजोर हुँदा प्रतिगामी तत्त्वले टाउको उठाउन खोजेको निष्कर्ष प्रचण्डको प्रतिवेदनमा छ ।
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि जनतामा जानुपर्ने प्रस्ताव गरेका छन् ।
नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको प्रतिवेदनमा पार्टी जीवनमा समस्या रहेको र त्यसलाई समाधान गर्न महाधिवेशनले मार्गदर्शन गर्नुपर्ने निष्कर्ष रहेको बताए ।
आइतवार शुरू भएको माओवादीको महाधिवेशनअन्तर्गत बन्दसत्रको पहिलो दिन नेता देव गुरुङले पदाधिकारीको संख्या बढाउनेसम्बन्धी विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।
नयाँ नेतृत्व चयन गर्दै माओवादीको महाधिवेशन पुस १५ गते सम्पन्न गर्ने माओवादीको तयारी छ ।
आठौं महाधिवेशनमा समूहगत छलफलका लागि छुट्टयाइएको २५ समूह
१) ज्येष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)
२) सल्लाहकार परिषद (प्रज्ञा भवन)
३) सल्लाहकार परिषद (प्रज्ञा भवन)
४) प्रदेश १ क.(भानुभक्त हल प्रज्ञा)
५) प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)
६) प्रदेश २ क.( पारिजात हल प्रज्ञा )
७) प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)
८) लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)
९) लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)
१०) गण्डकी क.(पेरिसडाँडा )
११) गण्डकी ख.(पेरिसडाँडा)
१२) प्रवास (पेरिसडाँडा )
१३) कर्णाली क. (ए वान पार्टी प्यालेस)
१४)कर्णाली ख. (ए वान पार्टी प्यालेस)
१५) सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस)
१६) सुदूरपश्चिम ख (ए वान पार्टी प्यालेस)
१७) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)
१८) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)
१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)
२०) सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)
२१) सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस
२२) वागमती क.(बानेश्वर ब्याङ्क्वेट)
२३) वागमती ख.(बानेश्वर ब्याङ्क्वेट)
२४) आयोग (काठमाडौं ब्याङ्क्वेट)
२५) जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)