
सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर ९३ हजार रूपैयाँ तोकिएको छ । सोमवार प्रतितोला ९३ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको मंगलवार प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमवार प्रतितोला ९२ हजार ७०० तोकिएको थियो ।
त्यस्तै मंगलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ ।