×

NMB BANK
NIC ASIA

प्रचण्डको प्रतिवेदनमाथि मन्थन

माओवादीको मुख्य चुनौती : शहरी सुविधामा रमाएका नेतालाई जनताको घरदैलोमा कसरी लैजाने ?

पुस १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिले पार्टी कार्यकर्ता र नेताहरूको जीवनशैली रुपान्तरणलाई मुख्य चुनौतीको रूपमा लिएका छन् ।  

Muktinath Bank

पार्टीको विचार र कार्यक्रम क्रान्तिकारी बनाउने योजनासहित सञ्चालन भइरहेको आठौं महाधिवेशनमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा विभिन्न समूहमा छलफल गर्दै जीवनशैली परिवर्तन महत्त्वपूर्ण चुनौतीको रूपमा रहेको उल्लेख गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष प्रचण्डले पार्टी जनतासँग टाढा भएकाले माओवादी आन्दोलन कमजोर देखिएको संश्लेषण गर्दै पार्टीका नेता र कार्यकर्ता जनतासँग जोडिनुपर्ने निचोड सहितको प्रतिवेदन महाधिवेशनमा पेश गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रचण्डले प्रतिवेदनमा भनेका छन् –

Vianet communication
Laxmi Bank

‘पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाईखुवाई, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता, कार्यकर्ता र जनताका बीचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टी सांस्कृतिक स्तर र पहिचान व्यक्त भइरहेको हुन्छ । 

जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरूसँग खासै भिन्नता देखिरहेको छैन । कमिशन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनैतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस, छलफलसहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्छ ।’

अन्य कम्युनिस्ट पार्टीमा जस्तै माओवादी केन्द्रका धेरैजसो नेता, कार्यकर्ताहरू जुनसुकै उपाय लगाएर भए पनि पद र पैसा कमाउने ध्याउन्नमा देखिन्छन् । त्यही विषयलाई प्रचण्डले प्रतिवेदनमा चित्रित गरेका छन् । 

गाउँबाट शहरमा बसाइसराई गर्ने, महंगा गाडी र मोबाइलको प्रयोगमा आकर्षित हुने, होटल रेस्टुराँको संस्कृतिमा रमाउने गरेको विषय छलफलमा उठेको छ । त्यही आचरणलाई बदलेर जनतामैत्री बन्न सक्नुपर्ने प्रस्ताव प्रचण्डले गरेका छन् । 

प्रचण्डले प्रतिवेदनमार्फत हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन कृषि फार्म वा उद्यममा श्रम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले पार्टीलाई जनतासँग जोड्नका लागि हरेक पालिकामा कम्तिमा ५० जना संलग्न गरेर एउटा कृषि फार्म वा उद्योग आगामी ६ महिना भित्रमा सञ्चालन गर्ने र ती उद्योगमा गएर हरेक कार्यकर्ताले श्रम गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

प्रचण्डको प्रस्तावले देशले आर्थिक समृद्धि पनि हासिल गर्ने र पार्टी पनि प्रत्यक्षरूपमा जनतामा जोडिन सक्ने माओवादी नेतृ धर्मशिला चापागाई बताउँछिन् । 

‘अरू वामपन्थी भनिने पार्टीहरूले आर्थिक वृद्धि गरेर मात्रै समाजवादमा पुग्न सकिन्छ भन्ने तर्क गर्छन् तर हामी जनताका समस्यामा समाधान नगरी आर्थिक वृद्धि हुँदैन भन्नेमा छौं । अब हामी नेता कार्यकर्ताले शहरमुखी सुविधा त्यागेर जनताको समस्या समाधानमा केन्द्रित हुुनपर्छ भन्ने ढंगमा बहस गरिरहेका छौं,’ चापागाईंले भनिन् ।

तर सबै नेता कार्यकर्तालाई अहिले उपभोग गरिरहेको सुविधाबाट छुटाएर जनताको घरदैलोमा लैजान भने चुनौतीपूर्ण रहेको उनले बताइन् । उनले भनिन्, ‘हामी सामाजिक र सांस्कृति रूपमा रूपान्तरण हुनैपर्छ त्यसको विकल्प छैन । कता–कता नेता कार्यकर्तामा दलाली चरित्र हाबी भएको त होइन भन्ने प्रश्न छ । अध्यक्षको प्रतिवेदनमा त्यसलाई खुट्याउन खोजिएको छ तर त्यसलाई वस्तुगत रूपमै ल्याइदिएको भए राम्रो हुन्थ्यो ।’

माओवादी केन्द्र अरू पार्टीभन्दा फरक हो भन्ने स्थापित गर्नको लागि पनि सामाजिक, सांस्कृतिक रूपान्तरण आवश्यक रहेको प्रतिनिधिले बताएका छन् । ‘हिजो जनकम्युन बनाएर आएका हामी नै हौं । अब फेरि उत्पादनसँग जोडिन नसकिने भन्ने हुँदैन । यो प्रश्नको समाधान नखोजी हामी क्रान्तिकारी बन्न सक्दैनौं,’ छलफलका क्रममा प्रतिनिधिले तर्क राखेका छन् । 

महाधिवेशनका अर्का प्रतिनिधि एवं पूर्व मन्त्री गणेश साहले पनि पार्टीको क्रान्तिकारी रूपान्तरणको लागि शहर र सुविधा केन्द्रित नेता कार्यकर्ताको रूपान्तरण नै मुख्य चुनौती रहेको बताउँछन् । 

तर पार्टीले केन्द्रदेखि तल्लो तहसम्म बलियो ढंगले कार्यान्वयन गर्दा नसकिने भन्ने नहुने साहको भनाई छ । ‘पार्टी जनतासँग बसेर, हुर्किएर आएको छ । फेरि जनतासँग जान अप्ठ्यारो छैन । समाज परिवर्तन र समृद्ध देश निर्माणका लागि आफ्नो सुखसयल त्याग्न तयार हुनुपर्छ,’ साहले भने, ‘पार्टीका लागि अहिले ‘गर या मर’ अवस्था भएकाले सुविधाभोगी जीवनशैलीमा रूपान्तरण गर्नुपर्छ ।’

कार्यकर्ताको जीवनशैली मात्रै परिवर्तन भएर नहुने साह बताउँछन् । ‘मुख्यरूपमा नेतृत्वको जीवनशैली परिवर्तन हुुनुपर्छ । पार्टी अध्यक्षको जीवनशैली समेत परिवर्तन हुनुपर्छ । नेताको जस्तो जीवनशैली छ, कार्यकर्ताले त्यस्तै अपनाउन सक्छन्,’ साहले भने ।

कार्यकर्ताको शैली परिवर्तन र जनतामा पुग्न सूचना प्रविधिको प्रयोगबाट प्रशिक्षण र अभिप्रेरित गर्नुपर्ने साहले बताए । हरेक कार्यकर्ता उत्पादनसँग जोडिन थालेपछि धेरै हदसम्म नेता कार्यकर्ताको जीवनशैलीमा परिवर्तन आउने उनले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको समूह छलफलमा सहभागी भएर बाहिरिएका एक प्रतिनिधिले पार्टी नेतृत्वले अभ्यास गरेको जीवनशैलीको प्रभाव कार्यकर्तामा परेको र सुधारका लागि नेतृत्व नै बढी जिम्मेवार हुनुपर्ने बताए । 

‘नेताहरूको बसोबास, खानपिन, भेषभुषा हेर्दा अरू पार्टीका नेताहरूको भन्दा फरक देखिँदैन । नेता चाहिँ सुविधाभोगी जीवन बिताउने तर कार्यकर्ता चाहिँ रूखो पिठोमै रहनुपर्छ भन्ने हुँदैन,’ ती प्रतिनिधिले भने, ‘नेताको बोलीभन्दा जीवनशैली जनतामैत्री हुनुपर्छ ।’

‘प्रतिवेदन छिरोलियो, एकीकृत गर्नुपर्छ’

प्रचण्डको प्रतिवेदनमाथि छलफलका लागि बनाइएको विभिन्न २५ वटा समूहका प्रतिनिधिहरूले प्रतिवेदनले पार्टीलाई क्रान्तिकारी धारमा लैजाने कार्ययोजना बोकेको तर विषयवस्तु एकीकृत हुन नसेकेको बताएका छन् । 

समूहगत छलफलमा सहभागी एक प्रतिनिधिले भने, ‘अध्यक्षको प्रतिवेदनले अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको विश्लेषणसहित पार्टीको आगामी कार्यभार उल्लेख गरेको छ तर कुराहरू एकीकृत नभएर छिरोल्लिएका छन् । त्यसलाई थप व्यवस्थित गर्न बुँदागत रूपमा लिखित सुझाव पेश गरेको छु,’ ती प्रतिनिधिले भने ।

छलफलका क्रममा अन्य प्रतिनिधिले पनि अध्यक्षको प्रतिवेदन आत्मसाथ गर्दै सुधारको लागि सुझाव दिएको उनले बताए । धेरैजसो प्रतिनिधिले प्रतिवेदनलाई समर्थन गर्दै सुझाव दिएका छन् । 

महिला प्रतिनिधित्वको सवाल

धेरैजसो समूहमा अध्यक्षको प्रतिवेदन पार्टी र राज्यका निकायमा महिला प्रतिनिधित्वको सवालमा कमजोर रहेको भन्दै त्यसलाई सुधार्न सुझाव आएको प्रतिनिधिहरूले बताएका छन् । ‘लैंगिक प्रश्न अरू प्रश्नहरू जस्तो मात्रै होइन । प्रतिवेदनमा परापूर्व कालमा मातृसत्ता थियो भन्ने कुरा प्रतिवेदनमा आएको छ तर अहिले के हो त भन्ने कुरा पनि आएको भए राम्रो हुन्थ्यो भन्ने आवाज छलफलको क्रममा उठेको छ,’ एक प्रतिनिधिले भने ।


अधिकांश समूहको छलफल सकियो

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि अधिकांश समूहले छलफल सकेका छन् । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधवार अपराह्न १२ बजेभित्र छलफल सक्नेछन् । समूहगत छलफलका लागि मंगलवार दिनभर समय दिइएकोमा बुधवार अपराह्न १२ बजेसम्मको समय थप गरिएको छ ।’

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरू राखेका छन् ।

छलफल सकिएपछि बुधवार दिउँसो नै प्रज्ञा भवनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत र प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x