
भायनेट कम्युनिकेसन्सले विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर कम्पनीले महत्त्वपूर्ण बेन्चमार्क हाँसिल गरेको दावी छ ।
यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि समेत ठूलो खबर भएको कम्पनीले जनाएको छ।
काठमाडौंको एलोफ्ट होटेलमा विस्व प्रसिद्ध ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।
नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले नेपाली ग्राहक संगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको कम्पनीले जनाएको छ ।
विगत लामो समयदेखि भायानेट एलोफ्ट काठमाडौंको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिदै आएको जनाएको छ ।

