
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको भन्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।
विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई ध्यान दिँदै सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरेर मंगलवारदेखि बिदा दिने निर्णय गरेको मन्त्रालयले सूचना जारी गरेर जनाएको हो ।
सो अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहका स्वास्थ्यचौकीमार्फत् कोरोना विरुद्धको खोप लगाइने मन्त्रालयको भनाइ छ ।
साथै बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका २०७७ले गरेको व्इवस्था बमोजिम सिकाइको आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउन र विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित सेमेस्टर र वाषर््िक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्न पनि मन्त्रालयले भनेको छ ।